गण्डक न्युज पोखरा, २६ मंसिर । ४० वर्ष उमेरमुनिका युवाहरुको अन्तर्राष्ट्रिय सामाजिक संगठन हो जेसिआई ईन्टरनेशनल । नेपालमा समेत निकै लामो इतिहास बोकिसकेको छ । अहिले ४४ औं राष्ट्रिय महाधिवेशनको तयारीमा छ जेसिआई नेपाल ।
सिद्धार्थनगर जेसिजको आतिथ्यतामा भैरहवामा पुस ८, ९ र १० गते गरी तीन दिनसम्म महाधिवेशन चल्नेछ । नेपाल जेसीजको इतिहासमा पोखराले चार वटा अध्यक्ष पाएको छ । हरिकृष्ण बास्तोला, विकलप्रसाद शेरचन र राजु केसीले पूर्ण कार्यकाल नेपाल जेसीज हाँके । जगत पोखरेल उमेरहद विवादमा तानिएपछि सन् २०१६ को बाँकी कार्यकालका लागि पोखराकै रविन्द्र गुरुङ अध्यक्ष चुनिए ।
पोखराबाटै अब राष्ट्रिय नेतृत्व लिने सामथ्र्य बोकेका युवा गोविन्दप्रसाद देवकोटा ४४ औं महाधिवेशनमा राष्ट्रिय उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । पोखरा जेसीज वर्ष २०१६ का अध्यक्ष देवकोटा कम उमेरमा गौरवशाली संस्था हाँकेका युवा हुन् ।

उनी सिद्धार्थ ईन्स्योरेन्स लिमिटेडका पोखरा ब्राञ्च म्यानेजर पनि हुन् । पोखरा जेसीजको नेतृत्वपछि देवकोटाले लायन्स क्लब अफ पोखरा स्वर्णिम सिटीको अध्यक्षको जिम्मेवारी सम्हालेका छन् । विधानानुसार राष्ट्रिय उपाध्यक्ष १२ जना रहनेछन् । जसमा यस क्षेत्रबाट देवकोटा आकांक्षी हुन् । उनले जेसी मित्रहरुको सदासयताले आफू चुनिने विश्वास व्यक्त गरेका छन् । देशभर १५ सय बढी जेसिज सदस्य छन् । सन् २००९ देखि देवकोटा जेसीज अभियानमा होमिएका थिए ।
जेसिजमा अहिले सबै क्षेत्रमा स्थापित युवाहरु एकीकृत भई सामाजिक सेवामा समेत होमिरहेका छन् । तालिमको माध्यमबाट युवाको नेतृत्व तथा व्यक्तित्व विकासमा जेसिजले महत्वपूर्ण भूमिका खेलेको छ । पोखरा जेसिज सन् १९७५ देखि नै क्रियाशील संस्था हो जुन पोखराकै पुरानो सामाजिक संस्था पनि हो । पोखरा जेसिजको नेतृत्व लिएका युवाहरु अहिले विभिन्न क्षेत्रमा अग्रणी भूमिकामा छन् । पोखरा जेसिजले नै मिस पोखरा जस्तो इभेण्ट आयोजना गर्दै आएको छ ।

सम्बन्धित खबर
स्याङ्जामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते
स्याङ्जाको चापाकोट नगरपालिकाका विद्यालयमा एक दिन बिदा
स्याङ्जामा राति सवारी चलाउन रोक
बाबुको विरासत, आफ्नै पहिचान, राजनीतिमा युवा नेतृत्वः किरण केसी
भारी वर्षाको सम्भावनापछि स्याङ्जामा उच्च सतर्कता अपनाउन आग्रह
स्याङ्जाका १० पालिकामा कांग्रेसको नेतृत्व चयन, एउटामा आज निर्वाचन
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
बाबुको विरासत, आफ्नै पहिचान, राजनीतिमा युवा नेतृत्वः किरण केसी
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै