काठमाडौं । सरकारले सिंहदरबारभित्र संघीय संसद्को भवन निर्माण प्रक्रियाको आज औपचारिक शुरुवात हुदै छ। प्रमुख प्रशासनिक निकाय सिंहदबारभित्र स्थित पुतली बगैंचामा बन्न लागेको संसद् भवन बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले गर्दै छन । १५ वर्षअघि नै संसद्को भवन निर्माणको योजना अगाडि सारे पनि हाल आएर मात्र निर्माणको काम अगाडि बढेको हो। शहरी विकास तथा भवन निर्माण विभागले अन्तर्राष्ट्रिय मापदण्डअनुसार भवनको डिजाइन गरेको छ।
आधुनिक र प्रविधिमैत्री संसद् भवन १ सय ७३ रोपनी ८ आना क्षेत्रफलमा फैलिनेछ । पाँच अर्ब २६ करोडमा निर्माण हुन लागेको संघीय संसद् भवन निर्माण भएपछि संसदीय समिति, संसदीय दलको कार्यालय, संसद् सचिवालय एउटै भवनबाट सञ्चालन हुनेछ।
संसद् भवन परिसरभित्र प्रतिनिधिसभा भवन, राष्ट्रिय सभा भवन, अति विशिष्ट व्यक्तिहरूको कार्यालय भवन, पुस्तकालय तथा संग्रहालय, संसदीय दलको कार्यालय भवन, संसदीय समितिको भवन, संसदीय सचिवालयको भवन, चमेना गृह, प्रेस तथा छपाइ भवन र ७ सयवटा सवारीसाधन पार्किङ तथा सुरक्षाकर्मीको भवन रहनेछ।
शहरी विकास तथा भवन निर्माण विभागअन्तर्गत रहेको विशेष भवन निर्माण एकाइका सीडीई प्रकीर्ण तुलाधरले मुख्य गुरुयोजनालाई चारवटा क्षेत्रमा विभाजन गरिएको बताए । उनका अनुसार भवन क्षेत्र, खुला क्षेत्र, पार्किङ क्षेत्र र सडक पूर्वाधार क्षेत्र गरी विभाजन गरिएको छ।
भवनभित्र प्रवेश गर्न अति आधुनिक सुरक्षा प्रविधिबाट जाँच गरेर मात्र भित्र प्रवेश गर्ने व्यवस्था मिलाइएको छ। संसद् भवन परिसरमा बन्ने सबै भवनको वास्तुकला तथा डिजाइन काठमाडौंको स्थानीय वास्तुकला झल्कने गरी निर्माण गरिने छ ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु