काठमाडौं: आपराधिक लाभ र संगठित अपराधको अभियोग लागेका गृहमन्त्री रामबहादुर थापा’बादल’का भाइ नरेश थापा धरौटीमा छुटेका छन्। काठमाडौं जिल्ला अदालतमा बुधबार थुनछेकको आदेशले नरेश १ लाख रुपैयाँ धरौटीमा छुटेका हुन्।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश मेदिनीप्रसाद पौडेलको एकल इजलासले उक्त आदेश गरेको हो। बाँकी ६ जना भने पुर्पक्षका लागि कारागार चलान भएका छन्। थुनछेक बहस सोमबारदेखि सुरु भएको थियो। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले नरेशसहित ९ जनाविरुद्ध आपराधिक लाभ र संगठित अपराधमा मुद्धा दर्ता गरेको थियो।
नेपाल निर्माण व्यवशायी महासंघका तत्कालिन अध्यक्ष शरद गौचनको हत्यामा पुर्पक्षका लागि थुनामा रहेका समिरमानसिंह बस्नेतको निर्देशनमा नरेशसहितको समूहले बाहिर बसेर फिरौती र असुली गरेको आरोप लगाइएको थियो।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो-सीआईबीले गृहमन्त्री थापाविरुद्ध पनि मुद्धा चलाउन जिल्ला सरकारी वकिल कार्यालयलाई राय दिएको थियो। प्रहरीको अनुसन्धान प्रतिवेदन सरकारी वकिलकहाँ पुगेपछि नरेश पक्राउ परेका थिए। आरोपित ९ जनामध्ये समिर जेलमै छन् भने एक जना फरार छन् । देश सञ्चार डटकमले खबर छापेको छ ।
सम्बन्धित खबर
विद्यालयमा बाढी पस्नुअघि नै विद्यार्थी निकालेँ, अन्तिममा म निस्केँः त्रिभुवन त्रिशूली मावि प्रअ दवाडी
प्रार्थनाकै समयमा १६ सय ५० विद्यार्थी पढ्ने त्रिभुवन त्रिशुली मावि बगायो
बाढीमा परी ट्राभल्स कम्पनीबाट गएका २ सय ९१ विदेशीसहित ३ सय ८४ पर्यटक तथा पदयात्री बेपत्ता
रसुवा, नुवाकोट, धादिङसहित ६ जिल्लामा उच्च सतर्कता अपनाउन र तटीय क्षेत्र खाली गर्न सरकारको अपिल
तिब्बती क्षेत्रको भोटेकोशीबाट सुरू भएको बाढीबाट जनधनको अकल्पनीय क्षती
गण्डकी सरकारबाट एमाले बाहिरियो, ४ मन्त्रीले बुझाए राजीनामा
यो पनि पढौँ
प्रार्थनाकै समयमा १६ सय ५० विद्यार्थी पढ्ने त्रिभुवन त्रिशुली मावि बगायो
प्रधानमन्त्री बालेनको भिडियो पत्रकारले खिच्दा सेनाले गर्यो डिलिट
गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
पोखरा लेकसाइडका मसाज र स्पामा अनुगमन