स्याङ्जा, २६ मंसिर । स्याङ्जाका दुवै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा बाम गठबन्धनका तर्फबाट एमालेका उम्मेदवार विजयी भएका छन् । क्षेत्र नं. १ मा नारायण मरासिनी र २ मा पद्मा अर्याल विजयी भईन् ।
मरासिनी १० हजार ७०२ मतान्तरले बिजयी भएका हुन् । मरासिनीले ३९ हजार ४३३ मत पाउँदा राजु थापाले २८ हजार ७३१ मत प्राप्त गरे । क्षेत्र नं. २ मा पद्मा अर्यालले ३ हजार ७०५ मतान्तरले उपप्रधानमन्त्री एवं शिक्षामन्त्री समेत रहेका काँग्रेस नेता गोपालमान श्रेष्ठलाई पराजित गरिन् । अर्यालले ३५ हजार १४१ र श्रेष्ठले ३१ हजार ४३६ मत प्राप्त गरे ।
निर्वाचन क्षेत्र नम्ब र १ प्रदेश क र ख संगै क्षेत्र नम्बर २ प्रदेश क मा बाम गठबन्धनका उमेदवार बिजयी भएका छन । निर्वाचन क्षेत्र नम्बर १ क मा बाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उमेदवार दिपक चर्ती मगर र प्रदेश ख मा एमालेका मीन प्रसाद गुरुङ बिजयी भएका छन भने क्षेत्र नम्बर २ प्रदेश क मा बाम गठबन्धनका उमेदवार मोहन रेग्मी बिजयी भएका छन ।
क्षेत्र नम्बर १ क मा कांग्रेस स्याङजाका सभापति समेत रहेका कमल पंगेनीलाई २७२६ मत अन्तरले पराजित गरेका हुन । बाम गठबन्धनका मगरले १७ हजार ३ सय ९२ मत ल्याउदा नेपाली कांग्रेसका कमल पंगेनीले १४ हजार ६ सय ६६ मत ल्याएका थिए । त्यसैगरी प्रदेश ख मा बाम गठबन्धनका मीन प्रसाद गुरुङले ५ हजार ७ सय ३८ मत अन्तरले नेपाली कांग्रेसका तुलसी गिरीलाई पराजित गरेका छन । गिरीले २० हजार २ सय ४८ मत ल्याउदा गुरुङले २४ हजार ५ सय १० मत प्राप्त गरेका थिए ।
त्यस्तै क्षेत्र नम्बर २ को प्रदेश सभा क मा बाम गठबन्धनका उमेदवार मोहन रेग्मीले नेपाली कांग्रेसका विष्णु पौडेललाई ३ हजार ४ सय ७३ मत अन्तरले पराजित गरेका छन । रेग्मीले १६ हजार ६ सय १३ मत ल्याउदा पौडेलले १३ हजार १ सय ४० मत प्राप्त गरेका थिए ।
त्यसैगरी प्रदेश सभा ख मा नेपाली कांग्रेसका उमेदवार भागवत प्रकाश मल्लले बाम गठबन्धनका सूर्य प्रसाद गैरेलाई पराजित गरे ।
सम्बन्धित खबर
पुस ७ देखि अर्जुनचौपारीमा तीनदिने राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव
रानीथुम्का आधारभूत विद्यालयमा महायज्ञ हुँदै
लामो समयदेखि फरार रहेका दुई प्रतिवादी पक्राउ
अर्जुनचौपारीमा एकदिने स्वास्थ्य शिविर
६ विद्यालयका एक सय १२ विद्यार्थीलाई न्यानो कपडा
प्रतिभा माविद्वारा खेलकुदका उत्कृष्टलाई पुरस्कार प्रदान
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?