तनहुँ । पितृसत्तात्मक सोचको अन्त्य गर्न तनहुँका महिलाले शव बोकेर डमौलीघाटमा पुर्याएका छन् । व्यास नगरपालिका–५ चापाघाटस्थित वेदव्यास ज्येष्ठ नागरिक आश्रममा बस्दै आएका ८२ वर्षीय तीलुमाया बगालेको शव आश्रमकै महिलाहरुले बोकेर सोमबार साझँ अन्त्येष्टिका लागि घाटसम्म पुर्याएका हुन् ।
बगालेको दिउँसो मृत्यु भएको थियो । आश्रमका कोही आमाबुबा बितेमा महिलाहरुले घाटमा शव लागेको यो पहिलो घटना भने होईन । उनिहरुले यस अघि पनि पटक पटक यस्तो कार्य गदै आईरहेका छन् ।
मन्त्र जप्ने ओठ भन्दा सेवा गर्ने हातहरु भन्दा पबित्रा हुन्छन् भने मुलमन्त्रलाई आत्मसाथ गदै आश्रममा बितेका आमाबुबाहरुको शवको अन्त्येष्टिका लागि घाटसम्म लैजाने गरेको आश्रमकी उपाध्यक्ष सकुन्तला आलेले जानकारी दिईन् ।
ज्येष्ठ नागरिकलाई पालन पोषण गरिसकेपछि उनीहरुको मृत्युपश्चात् हामीले नै दाहसंस्कार गर्नुपर्छ भन्ने उद्देश्यले महिलाले शव बोक्नुपरेको उनले जानकारी दिइन् । उनले भनिन् ,“महिलाहरुमा पनि शक्ति हुन्छ ,मात्र मनमा इच्छा हुनु पर्दछ ।”
अविवाहित वगाले उक्त आश्रममा विगत पाँच वर्षदेखि बस्दै आएका थिईन् । बगाले लमजुङको जिता चिनियाँ गाउँबाट पाँच वर्ष अगाडी उक्त आश्रममा आएकी थिईन् ।
विसं २०६८ देखि उक्त आश्रम महिलाको मात्रै सक्रियतामा सञ्चालन हुँदै आएको छ । आश्रमको आफ्नै घर र जग्गा हुँदा आश्रम सञ्चालनमा सहज भएको छ । पहिला आश्रम भाडामा बस्दा समस्या रहेको थियो । ज्येष्ठ नागरिकको निधनपछि आश्रममा आबद्ध सबै महिलाले एक छाक खाना छाड्ने गरेका छन् ।
सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
प्रदेश प्रमुखबाट उधौली पर्व, यःमरि पुन्ही, धान्यपूर्णिमा तथा ज्यापु दिवसका अवसरमा शुभकामना सन्देश
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’