गण्डक न्युज पोखरा, २७ मंसिर / पोखरामा सवारी दुर्घटनामा एक युवकको ज्यान गएको छ । मंगलबार बेलुकी पोखरा लेखनाथ महानगरपालिका वडा नं. १७ स्थित शिशुवामा रोकिराखेको पिकअप भ्यानमा स्कुटर ठोक्किँदा लक्ष्मण भण्डारीको ज्यान गएको हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक खड्कबहादुर खत्रीका अनुसार कैलाली, फुलबारी ४ घर भई पोखरा बस्दै आएका २१ वर्षीय भण्डारीको ज्यान गएको हो ।
शिशुवाबाट भण्डारढिकतर्फ जाँदै गरेको ग १३ प ५५५१ नम्बरको नयाँ स्कुटर बेलुकी सवा ५ बजे सडकमै रोकिराखेको ग २ च ४४८ नम्बरको पिकअप भ्यानमा ठोक्किन पुगेको थियो । दुर्घटनालगत्तै पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिएपनि चिकित्सकले मृत घोषणा गरेका थिए ।
यसैबीच, बुधबार बेलुकी साढे ६ बजे गाडीको ठक्करबाट एक पुरुष गम्भिर घाईते भएका छन् ।
पोखरा २ अर्चलबोटमा ग १ ज ६५२८ नम्बरको गाडीले अन्नपूर्ण गाउँपालिका वडा नंं १ का विष्णुबहादुर कुँवर गम्भिर घाईते छन् । करीब ५५ वर्षीय कुँवरको मनिपाल शिक्षण अस्पतालमा उपचार भईहरहेको छ । अहिलेसम्म उनको होस आएको छैन ।
कुँवरलाई ठक्कर दिएर भागेको सो गाडी प्रहरीले तुरुन्त नियन्त्रणमा लिएको प्रहरी कार्यालयले जनाएको छ । गाडीलाई हिट एण्ड रन केसमा कारबाही प्रक्रिया अघि बढाएको जनाईएको छ ।

सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु