पर्सा-पर्सा जिल्लाका नाकाहरुबाट भारतीय बोइलर कुखुराको चल्ला तस्करीमा लागेका हुन। तस्करहरुले भारतसँग सिमना जोडिएका बाराका विभिन्न नाकाहरुबाट चाडपर्वमा प्रयोग गरिने पटाकाहरु भारतबाट नेपालमा भित्र्याउने गरेको प्रहरीले जनाएको छ। त्यस्तै बाराको सिम्रौनगढ नगरपालिका वडा-९ बसवरियास्थित सडक किनारबाट भारतबाट अवैध रूपमा भित्र्याइएको ८० हजार बराबरको पटका फेला पारी बरामद गरेको थियो।
ईलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रहरी निरीक्षक अपूर्व ढुंगानाको कमाण्डमा खटिएको प्रहरी टोलीले भारतबाट भित्रयाइएका उक्त परिमाणको पटाका बरामद गरेको बाराका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक रञ्जित सिंह राठौले जनाकारी दिए।
यस्तै गएको मंगलबार पनि प्रहरीले जिल्लाको विश्रामपुर गाउँपालिका वडा-१ छतवाबाट भारतबाट ल्याइएका अवैध पटाका बरामद गरेको थियो।प्रहरी चौकी छतवाबाट खटिएको प्रहरी टोलीले भारतबाट राजश्व छलेर ल्याउदै गरेको पटाका बरामद गरेको थियो।
यता, चाडपर्व नजिकिएसँगै पर्सामा भने बोइलर कुखुराको चल्ला तस्करी गर्नेक्रम बढेको छ। सोहीक्रममा पर्सा प्रहरीले ३ दिनमै ९ हजार वटा भारतीय बोइलर कुखुराको चल्ला बरामद गरेको छ।
प्रहरीले बिहीबार बिहान पर्साको पर्सागढी नगरपालिका वडा नम्बर ६ बागेशवरी तित्रौनाबाट भारतबाट ल्याइएको ४ हजार ८ सय वटा अबैध बोइलर कुखुराको चल्ला बरामद गरेको छ।
ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट प्रहरी निरीक्षक दिपक चोरवारको नेतृत्वमा खटिएको प्रहरी टोलीले पर्सागढी र बहुदरमाइ नगरपालिकाको बीचमा पर्ने बगैचाबाट तस्करहरुले भारतबाट भित्रयाएर राखेको उकत परिमाणको बोइलर कुखुराको चल्ला बरामद गरेको हो।
बरामद गरिएको चल्लाको बजार मुल्य रु ५ लाख बराबरको रहेको तथा बरामद गरिएका चल्ला स्थानीयबासी र पशु चिकित्सकको रोहवरमा खाल्डोमा पुरेर नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
यस्तै गएको मँगलबार पनि पर्सा प्रहरीले भारतबाट भित्रयाइएको ५ हजार ५ सय ४४ वटा बोइलर कुखुराको चल्ला बरामद गरेको थियो।
जिल्ला प्रहरी कार्याल पर्सा र तथा प्रहरी चौकी अरमपट्टीबाट खटिएको संयुक्त प्रहरी टोलीले पर्साको बिन्दबासिनी गाउपालिका वडा-४ अमरपटी टोलबाट भारतबाट ल्याइएका उक्त परिमाणको अवैध कुखुराको चल्ला बरामद गरेको थियो।
सम्बन्धित खबर
इरान-अमेरिका युद्धले विश्वभर मन्दीको संकट
सरकारको विरोध गरेपछि २१ वर्षीय युवकलाई फाँसी
मालीमा विभिन्न ठाउँमा एकसाथ आक्रमण, रक्षामन्त्री कमारा मारिए
भारत नरकको ढोका हो: अमेरिकी राष्ट्रपति ट्रम्प
भारतीय संगीतकी सुप्रसिद्ध गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन
बलिउडकी दिग्गज गायिका आशा भोसलेलाई हृदयघात, ९२ वर्षीया भोसलेको आईसीयूमा उपचार गरिँदै
यो पनि पढौँ
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
पाेखरामा सुकुम्बासीको आन्दोलन घोषणा
थापाथलीका अर्का सुकुम्बासीले पनि गरे आत्महत्या, एक महिला बेहोस
सुदनको आरोप- ‘बालेनमा हिटलर र मुसोलिनी बन्ने सपना जागेको देखिन्छ’