किरण श्रेष्ठ, तनहुँ । स्कुलका किशोरीलाई महिनावारी सम्बन्धि सचेतनामूलक तालिम दिइएको छ । श्री सर्वज्योती माध्यमिक विद्यालयमा अध्ययनरत ८ कक्षा देखि १० कक्षा सम्मका छात्राहरुलाई किशारोवस्थामा हुने परिवर्तन र त्यसमा आफूलाई कसरी अभ्यस्त बनाउने र महिनावारीका समयमा गर्नुपर्ने स्वास्थ्य सरसफाइ र हेरचाहका विषयमा जानकारी दिइएको थियो ।
टिम नेपो तनहुँको आयोजनामा बुधबार महिनावारि सम्बन्धि सचेतना तथा सेनेटरि प्याड वितरण कार्यक्रम सम्पन्न भएको हो । नेपो तनहुँका अध्यक्ष सुजन लौडारीको अध्यक्षतामा भएको उक्त कार्यक्रमको प्रमुख अतिथि प्रतिनिधिसभाकी सांसद कलिला खान थिइन् ।

सो अवसरमा प्रमुख अतिथि खानले महिनावारि लाज मान्ने कुरा नभई प्राकृतिक नियम भएको बताईन । ‘महिनावारि कुनै रोग होइन’ सांसद खानले भनिन ‘यो प्राकृतिक चक्र हो ।’ महिनावारि हुदा सरसफाईमा विशेष ध्यान दिनुर्ने उनले बताइन ।

समाधान अस्पतालका डा शुसिल पौडेलले महिनावारि सम्बन्धि जानकारी दिएका थिए । उक्त कार्यक्रमको सहआयोजक निलकुमारी मिया फाउन्डेसन रहेको थियो भने समाधान अस्पतालको प्राविधिक सहयोग रहेको थियो । सो अवसरमा स्कुले छात्राहरुलाई सेनेटरी प्याड समेत वितरण गरिएको थियो ।

कार्यक्रममा महिलाहरुमा आउने समस्या र तिनीहरुका समाधानका विषयमा पनि छलफल भएको समाधान अस्पतालकी सीईओ रुबिना खानले बताइन् । उनले शहर नजिकका महिला तथा किशोरीमा पनि महिनावारी सम्बन्धि समस्या र सरसफाईका विषयमा प्रशस्त जानकारी नभएको बताइन् । उनले भनिन्, ‘उनीहरुमा जुन रुपको जानकारी हुनुपर्ने थियो, त्यो पाइएन । दुर्गम क्षेत्रका हालत झन् कस्तो होला ?’
सो कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मदन तिमल्सेना, विद्यालयका प्रअ कश्यपराज जमरकट्टेल लगाएतले बोलेका थिए ।
सम्बन्धित खबर
तनहुँमा टिप्परको ठक्करबाट मोटरसाइकल चालक रूपाका धर्मराजको मृत्यु
त्रिशूली नदीमा पौडी खेल्नेक्रममा एक बालक बेपत्ता, एकको सकुशल उद्धार
पोखरा-बन्दीपुरबीच पर्यटकीय साझेदारी
डुम्रेमा भएको दुर्घटनामा २१ जना घाइते, दुईको अवस्था गम्भीर
गगनगौंडाबाट बस चढेका गुञ्जबहादुर दुलेगौंडा नपुग्दै सिटमै ढले
तनहुँमा शिक्षकले विद्यार्थी कुटेपछि अभिभावकले शिक्षक कुटे
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’