तनहुँ । व्यास नगरपालिका वडा नं. १० ले आफ्नो वडामा रहेका पसलहरुको अनुगमन गर्ने भएको छ ।
व्यास नगरपालिका वडा नं. १० का वडा अध्यक्ष तुलसिराम सापकोटाको अध्यक्षतामा वडा स्तरीय अनुगमन टोलीको बिहीबार बसेको बैठकले वडामा रहेको बजारको अनुगमन गर्ने निर्णय गरेको हो ।
वडा अध्यक्ष सापकोटाले वडामा रहेका पसल, उद्योग धन्दा माछा मासु पसल उद्योग लगायतका क्षेत्रहरुको अनुगमन गरिने बताए ।
ब्यास नगरपालिका वडा नं. १० ले वडा स्तरी अनुगमन टोली समेत गठन गरेको छ ।
समितिको संयोजकमा वडा अध्यक्ष सापकोटा रहेका छन् भने सदस्यहरुमा वडा सदस्य लक्ष्मि परियार, पत्रकार महासंघ तनहुँका सचिव उज्वल पौडेल, तनहुँ जिल्ला दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष यज्ञ शर्मा,उपभोक्ता मञ्चको तर्फबाट ऋषिराम ढुङ्गाना, टोल विकास संस्थाहरुको तर्फबाट शान्तिनगर टोल विकास संस्थाका अध्यक्ष प्रमेराज मिश्र, शुरक्षा निकायको तर्फबाट कलेस्ति प्रहरी चौकीका प्रतिनिधि सदस्य रहेका छन् ।
समितिको सदस्य सचिवमा वडा सचिव पुष्पराज अचार्य रहेका छन् । समितिले वडामा कालोबजारी भए नभएको,मापदण्ड अनुसार पसल संचालन भए नभएको लगायतको अनुगमन गरी नियम विपरीत काम गर्नेलाई कारवाही समेत गर्न सक्ने सदस्य सचिव आचार्यले बताए ।
व्यास नगरपालिकाको वडा नं. १० मा पहिलो पटक वडाबाट अनुगमन टोली गठन गरि बजार अनुगमन गर्न लागिएको हो ।
बजार अनुगमनले बजारमा स्वच्छता कायम गर्न सहज हुने वडा सदस्य सुर्यराज मिश्रले बताए ।
सम्बन्धित खबर
तनहुँमा टिप्परको ठक्करबाट मोटरसाइकल चालक रूपाका धर्मराजको मृत्यु
त्रिशूली नदीमा पौडी खेल्नेक्रममा एक बालक बेपत्ता, एकको सकुशल उद्धार
पोखरा-बन्दीपुरबीच पर्यटकीय साझेदारी
डुम्रेमा भएको दुर्घटनामा २१ जना घाइते, दुईको अवस्था गम्भीर
गगनगौंडाबाट बस चढेका गुञ्जबहादुर दुलेगौंडा नपुग्दै सिटमै ढले
तनहुँमा शिक्षकले विद्यार्थी कुटेपछि अभिभावकले शिक्षक कुटे
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’