ब्रिटिश प्रधानमन्त्री बोरिस जोनसन माथि २० वर्ष पहिले दुई महिलालाई यौन उत्पीडन गरेको आरोप लागेको छ। तर, प्रधानमन्त्री जोनसनको कार्यालयले उक्त आरो झुटा भएकोभन्दै खारेज गरिदिएको छ। पत्रकार शार्लोट एडवर्डसले सन्डे टाइम्स पत्रिकामा एक लेख लेखेका छन्। जसमा उनले प्रधानमन्त्री जोनसनले एउटा भोजमा एक महिलालाई आपत्तिजनक रुपमा छोएको उल्लेख गरेका थिए।
पत्रकार एडवर्डसले लेखेको उक्त लेखका अनुसार सोही भोजमा एक अर्की महिलासँग पनि यौन दुर्व्यवहार गरेको आरोप प्रधानमन्त्री जोनसनमाथि लगाइएको छ। अर्की महिलाले पनि जोनसनले आफूलाई अनिचत तरिकाले छोएको बताएकी छन्। पत्रकार एडवर्डसका अनुसार उक्त समयमा एक महिला एक म्यागेजिनको सम्पादन गरिरहेकी थिइन्। भोजको आयोजना पनि सोही पत्रिकाले गरेको थियो। त्यो बेला जोनसन लन्डनका मेयर थिए। प्रधानमन्त्री कार्यालयले आइतबार राति एक विज्ञप्ति जारी गर्दै उक्त आरोप निधार भएको भन्दै खण्डन गरेको छ।
प्रधानमन्त्री कार्यालयको उक्त सूचना आएपछि पत्रकार एडवर्डसले प्रधानमन्त्रीलाई उक्त घटनाबारे याद नभए उक्त घटनाबारे आफू धेरै कुरा थाहा छ भन्दै ट्विट गरेका छन्। यो घटना कन्जर्वेटिव पार्टीको वार्षिक सम्मेलन चलिरहेको समयमा बाहिरिएको छ। सरकार यतिवेला ३१ गते ब्रेग्जिटको तयारीमा जुटिरहेको छ।
सम्बन्धित खबर
इरान-अमेरिका युद्धले विश्वभर मन्दीको संकट
सरकारको विरोध गरेपछि २१ वर्षीय युवकलाई फाँसी
मालीमा विभिन्न ठाउँमा एकसाथ आक्रमण, रक्षामन्त्री कमारा मारिए
भारत नरकको ढोका हो: अमेरिकी राष्ट्रपति ट्रम्प
भारतीय संगीतकी सुप्रसिद्ध गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन
बलिउडकी दिग्गज गायिका आशा भोसलेलाई हृदयघात, ९२ वर्षीया भोसलेको आईसीयूमा उपचार गरिँदै
यो पनि पढौँ
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
पाेखरामा सुकुम्बासीको आन्दोलन घोषणा
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध मुद्दा दायर
सुदनको आरोप- ‘बालेनमा हिटलर र मुसोलिनी बन्ने सपना जागेको देखिन्छ’