तनहुँ । विभिन्न कारणहरुबाट सडकका पेटीहरुमा कष्टकर जीवनयापन गर्न विवश व्यक्तिहरु लाई जिल्ला सुधारका लागी सामाजिक उत्थान (डिसु नेपाल)को सहयोगमा तनहुँको दमौलीबाट २ जनालाई कष्टकर अवस्थाबाट उद्वार गरेको छ ।
उद्धारको लागि डिसु नेपालले सुरु देखी नै सहकार्य गर्दै आएको अध्यक्ष नोमा थापाले बताईन । उनले भनिन ‘उद्धार गरेर पोखरा लैजाने गाडिले समेत डिसु नेपाल व्यवस्था गरेको हो ।’
मानवसेवा आश्रमले २ जनालाई मंगलबार पोखरा लगेको छ ।
मंगलबार जेष्ठ नागरिक दिवसको अवसरमा सडकमानवको उद्धार गरिएको डिसु नेपालकी अध्यक्ष नोमा थापाले बताईन ।
विगत लामो समयदेखि व्यास नगरपालिकाको दमौली बजार वरपर सडकमा मागेर गुजारा चलाउदै आएकी अन्दाजी ६३ वर्षीया मिलन आमा (नाम परिवर्तन) को उद्धार गरिएको हो । मंगलबार व्यास-२ स्थित ग्रिनसिटि टोलबाट मिलन आमा उद्धार गरिएको हो । उनी बोल्न सक्दिनन ।

उक्त उद्धार कार्यमा संचारकर्मी एवं समाजसेवी अन्जु दाहालले आश्रमका प्रतिनिधिलाई सहयोग गरेकी थिइन ।
मानवता प्रवर्द्धनलाई उजागर गर्ने उद्देश्यले आगमि २०८२ सम्ममा कोहि पनि व्यक्ति सडकमा भोकै र नाङ्गै हुन नपरोस भन्ने अभियान मानवसेवा आश्रमले संचालन गरेको आश्रमका गोमनाथ तिमल्सेनाले जानकारी दिए । देशको ७ वटै प्रदेश र १५ जिल्ला र १७ स्थानमा मानवसेवा आश्रम संचालनमा रहेको उनले बताए ।
सरसफाई र औषधि उपचार गरि प्रेम प्रदानबाट आश्रमले सेवा सुरु गर्ने उनले जानकारी दिए । सम्भव भएसम्म पारिवारिक मिलन समेत गराइदिने गरेको उनि बताउछन ।
सम्बन्धित खबर
विद्यमान परिस्थितिमा नेपालले सन्तुलित कूटनीति अपनाउनुपर्छ: गण्डकी मुख्यमन्त्री पाण्डे
सार्वजनिक स्थलमा धूम्रपान र सूर्ति सेवन नगर्न प्रशासनको आग्रह, उल्लंघन गरे कारबाही हुने
बिलभन्दा बढी सामान बोकेको बोलेरो नियन्त्रणमा
पोखराबाट भरतपुर र नेपालगञ्जसम्मको हवाई उडान स्थगित
बोक्रो फेरिँदैमा भित्री गुदी फेरिँदैन : सांसद रेग्मीलाई अर्जुनचौपारीको व्यंग्यात्मक जवाफ
महालेखा परीक्षक कार्यालयको प्रतिवेदन गण्डकी प्रदेश प्रमुख समक्ष पेस
यो पनि पढौँ
फिर्के खोलाका संरचना जेठ ९ गतेभित्र हटाउन महानगरको अन्तिम चेतावनी
फेवातालमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु
सबै यात्रु पिसाब फेर्न ओर्लिनासाथ जिप भिरबाट खस्यो, चालकको मृत्यु
रविसँग रास्वपा सांसदका गुनासो, ‘प्रधानमन्त्री र मन्त्रीको सचिवालयले पनि टेरेन’