पोखरा। पोखरामा बनिरहेको राष्ट्रिय गौरवको पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलका रनवे प्रमुख अनिल कार्कीमाथि कुटपिट भएको छ। ठेकेदार कम्पनीका म्यानेजरसमेत रहेका कमल कार्की नेतृत्वको टोलीले उनलाई बुधबार राती कुटपिट गरेको हो।
पार्टी छ भनि बोलाएर योजनाबद्ध रुपमा आफूलाई कुटपिट गरेको कार्कीले बताएका छन् । केदार कम्पनीका म्यानेजर कार्की सहित सागर मोहन, सोेबेन्द्रराज जोशीलगायतले आफूमाथि हमला गरेको उनले बताए।
कार्कीको अहिले गण्डकी क्षेत्रीयअस्पताल पोखरामा उपचार भैरहेको छ। उनले एयरपोर्ट निर्माणको क्रममा भएका अनियमितता बाहिर ल्याउने डरले आफूमाथि कुटपिट भएको आरोप लगाए। कमल कार्कीले केहि समय पहिले पनि आफूलाई जागिरबाटै निकाल्न प्रयास गरेको उनको भनाइ छ । आयोजना प्रमुख प्रदिप अधिकारीले कन्ट्रयाक्टर सारदामोहन भट्टराइलाई विमानस्थल भित्रको गिटी र ढुङ्गा बेच्न निर्देशन दिएको र कार्कीले बेच्न नमिल्ने अडान राखेपछि आक्रमण भएको बताए ।
आयोजना प्रमुख अधिकारीले केन्द्रको मिलेमतोमा विमानस्थलमा अनियमितता र भ्रष्टचार गरेको आरोप पनि लगाएका छन् । कार्कीको टाउको र आँखामा चोट लागेको छ। शरिरका विभिन्न भागमा निलडाम समेत रहेको छ।
विमानस्थल प्रमुख बिनेस मुनाकर्मीले उनीहरुको ब्यक्तिगत झगडाले ठुलोरुप लिएको बताए । यता पीडित कार्कीले प्रहरीकोमा उजुरी दिएपनि प्रहरीले चासो नदिएको गुनासो गरेका छन्।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
प्रार्थनाकै समयमा १६ सय ५० विद्यार्थी पढ्ने त्रिभुवन त्रिशुली मावि बगायो
प्रधानमन्त्री बालेनको भिडियो पत्रकारले खिच्दा सेनाले गर्यो डिलिट
गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
पोखरा लेकसाइडका मसाज र स्पामा अनुगमन