काभ्रे — सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले व्यक्तिले गर्ने गल्तीको दोष पार्टीले नबोक्ने बताएका छन् । उनले व्यक्तिले गरेका गल्तीहरु पार्टीमा ल्याएर जोड्न नहुने बताए ।यौन दुर्व्यवहारको आरोप लागेका तत्कालिन सभामुख कृष्णबहादुर महराको नाम नलिइकन मन्त्री बाँस्कोटाले कसैले गल्ती गरेको छ भने कारबाही गर्नुपर्ने बताए ।
नेकपा बनेपा नगर कमिटीको एक कार्यक्रममा मन्त्री बाँस्कोटाले प्रश्न गरे‘व्यक्तिले कहाँ भ्रष्टाचार गर्छ, त्यो पनि पार्टीले गर्यो त? त्यसबारेमा त त्यही व्यक्तिलाई कारबाही हुनुपर्छ।’‘कसैले गएर नचाहिएको काम गर्ला, हुलहुज्जत गर्ला, इज्जत खेलवाड गर्ला, त्यसमा उही जिम्मेवार हुने हो, हामीलाई के मतलव ?’मन्त्री बाँस्कोटाले भने ।
मन्त्री बाँस्कोटाले यस्ता घटनाहरु समाजमा भइरहने भन्दै चिन्तित नहुन कार्यकर्ताहरुलाई आग्रह गरे ।
‘यस्ता घटनाहरु समाजमा भइरहन्छन्, समाजमा राम्रा मान्छे पनि हुन्छन्, नराम्रा मान्छे पनि हुन्छन्,’उनले भने, ‘नराम्रा पाखा लाग्छन्, राम्रा मान्छे कम्युनिष्ट पार्टीमा, कमिटीमा। यसमा धेरै चिन्तित हुनै पर्दैन, त्यही हो कुरा।’
सम्बन्धित खबर
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने