मंसिर, २९ पोखरा । पोखरामा महिलाले मात्र सञ्चालन गरेको रेडियो जननी ९०.६ को आठौ वार्षिक साधारणसभा सम्पन्न भएको छ । उक्त सभाले मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ ।
जसको कार्यकारी निर्देशकमा सबिता शेरचन, सचिवमा हसिना बस्नेत, अनुगमन तथा मुल्यांकन उपसमितिको संयोजकमा सिता पाण्डे, रेडियो प्रर्वद्धन उपसमिति संयोजकमा देवकुमारी हिराचन, स्रोत व्यवस्थापन उपसमिति संयोजकमा जुना पोखरेल पन्त र कार्यक्रम र जनसम्पर्क उपसमिति संयोजकमा स्वस्ति भट्टराई पाण्डे चयन भए । संरक्षकको रुपमा रेडियोका संस्थापक अध्यक्ष हिरा भट्टराई, सल्लाहकारमा लक्की कार्की, वरिष्ठ पत्रकार नारायण कार्की र दुर्गा हुमागाई चयन भए ।
प्रमुख अतिथि ब्रोडकास्टिङ एशोसिएशन अफ नेपाल (बान) का अध्यक्ष गोपाल कुमार झाँले रेडियोलाई व्यवसायिक रुपमा अगाडि बढाउनका लागि देशभरका रेडियोहरुबीच छलफल चलाउनुपर्ने आवश्यकता रहेको बताउँदै सञ्चारकर्मीहरुको दक्षता अभिवृद्धि गर्नुका साथै न्युनतम पारिश्रमिक लागु गर्नुपर्नेमा जोड दिए । रेडियोले उद्य्मशीलता, स्वतन्त्रता र समानताको नारा अनुरुप कार्य गरेको प्रति पनि उनले प्रशंसा गर्दै रेडियो सञ्चालक र रेडियोमा कार्यरत सञ्चारकर्मीको सम्बन्ध नङ्ग र मासुको जस्तो हुनेभएका कारण पनि संस्थालाई बलियो बनाउनका लागि सबैजना लागि पर्नुपर्ने उल्लेख गरे ।
संस्थाका संस्थापक अध्यक्ष हिरा भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै महिला तथा बालबालिका कार्यलय कास्कीका प्रमुख महिला विकास अधिकृत लक्ष्मी जिसीले रेडियो जननी यस क्षेत्रको नमुना रेडियो बनेको र यसले समाजमा राम्रो प्रभाव पारेको बताईन्।
संस्थाका अध्यक्ष मिलन थापाले बिगतमा गरिएका राम्रा कार्यहरुलाई निरन्तरता दिँदै आगामी दिनमा स्रोताको चाहना अनुरुपका कार्यक्रमहरु ल्याउन्का साथै प्रदेश नं ४ को उत्कृष्ट रेडियो बनाउने तर्फ केन्द्रीत रहने प्रतिबद्धता व्यक्त गरिन्।
रेडियोका संस्थापक अध्यक्ष हिरा भट्टराईले रेडियोको स्थापनाका उद्देश्य अनुसार नै कार्यहरु अगाडि बढेको बताउँदै आफ्नो कार्यकालमा आर्थिक समृद्धिका लागि उद्य्मशिलता आजको आवश्यकता भन्ने मुल नाराका साथ रेडियोले मेला महोत्सव, विभिन्न सिपमूलक तालिमहरु , जननी जागरण अभियान , जननी अवार्ड , जननी सम्मान जस्ता रेडियोका महत्वपूर्ण कार्यक्रम सम्पन्न गरेको र यस्ता कार्यक्रमहरुलाई निरन्तर रुपमा अगाडि बढाउनका लागि नयाँ नेतृत्वले लाई आग्रह गर्दै शुभकामना समेत व्यक्त गरिन् ।
रेडियोका स्टेशन म्यानेजर बिमला भण्डारीले कुनै समय महिलाले मात्र रेडियो हाँक्न सक्छन् र? भन्ने प्रश्न गर्ने समाजले आज सञ्चारमा महिला नेतृत्व स्वीकार गर्न सक्ने वातावरण सृजना भएको बताउदै नयाँ नेतृत्वलाई शुभकामना व्यक्त गरिन् ।

त्यस्तै बानका केन्द्रीय उपाध्यक्ष रमेश पौडेलले आफ्नो उद्देश्य अनुरुप रेडियो अगाडि बढेको बताउदै रेडियोको नेतृत्व समाज परिवर्तनको संवाहक भएको बताए । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवालीले रेडियोहरुको संख्या बढ्दै गएको र गुणस्तरियता माथि प्रश्न चिन्ह् खडा हुँदै गएको हुँदा यसतर्फ ध्यान दिन जरुरी रहेको बताए । नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठले अब रेडियोले महिला केन्द्रीत कार्यक्रमहरु ल्याउन तर्फ अग्रसर हुनुपर्नेमा जोड दिए ।
साधारणसभामा रेडियोको स्थापना कालदेखि हालसम्म उत्कृष्ट कार्य गरेबापत रेडियोका स्टेशन म्यानेजर बिमला भण्डारी, कार्यक्रम प्रस्तोता क्षमता खड्का, प्राविधिक एवं कार्यक्रम प्रस्तोता आनिया तामाङ्गका साथै रेडियोको समृद्धिका लागि प्राप्त गरेको सहयोगको उच्च मुल्याङ्कन गर्दै लुक्ला विमानस्थलका प्रमुख योगेन्द्र कुँवर र भट्टराई ट्रेडर्सका प्रोपाईटर मदन भट्टराईलाई सम्मान गरिएको थियो । योसंगै जननी आवाज स्मारिकका सम्पादक जमुना वर्षा शर्मा र संस्थापक अध्यक्षकी आमा लक्ष्मी भट्टराईलाई पनि सम्मान गरिएको थियो ।
रेडियोका संस्थापक अध्यक्ष हिरा भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाको वार्षिक प्रतिवेदन पेश गरिएको थियो । कार्यक्रममा कोषाध्यक्ष अरुणा शेरचनले आर्थिक प्रतिवेदन , हिरा भट्टराईले अध्यक्षको प्रतिवेदन र बिमला भण्डारीले स्टेशन म्यानेजरको प्रतिवेदन पेश गरेकी थिईन् । कार्यक्रममा संस्थाका संस्थापक लक्ष्मी पाण्डेले धन्यवाद ज्ञापन गरेकी थिईन् ।

सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु