दशैँकाे मुखमा भारतसँगको सीमा नाका बन्द

दशैँकाे मुखमा भारतसँगको सीमा नाका बन्द

काठमाडौँ । नेपाल–भारत सीमानामा रहेको बैतडीको झुलाघाट नाका विहीबारदेखि तीन दिनका लागि बन्द हुने भएको छ । भारतको पिथौरागढ जिल्लामा असोज १८ गते जिल्ला पञ्चायत तथा ग्राम पञ्चायत सदस्य निर्वाचनका लागि सुरक्षा संवेदनशीलताको कारण जनाउँदै सीमा नाका बन्द हुन लागेको हो ।

आज साँझ ५ बजेदेखि १८ गते साँझ सवा ५ बजेसम्म तीन दिन अन्तर्राष्ट्रिय सिमा बन्द हुने बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिए । यसका साथै असोज २८ गते भारतको पिथौरागढ जिल्ला धार्चुला पञ्चायत तथा ग्राम पञ्चायत सदस्य निर्वाचनलाई मध्यनजर गरी दार्चुलाको सीमानाका पनि बन्द हुने भएको छ । उक्त नाका असोज २७ गते साँझ सवा ५ बजेदेखि असोज २९ गते साँझ सवा ५ बजेसम्म बन्द हुने जनाईएको छ ।

चाडपर्वको बेला सीमानाका बन्द हुने हुँदा भारतबाट घर फर्किने नेपालीलाई समस्यामा पर्ने भएका छन् । यद्यपि आकस्मिक रुपमा निर्वाचनको बिचमा पुल खोल्नुपरेमा आपसी समझदारीमा खोल्न सकिने बताइएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ