तनहुँ । तनहुँको दमौलीमा श्री कृष्ण दल गण चापाघाट, जिल्ला प्रहरी कार्यालय, व्यास नगरपालिका, कालिका शहिद शान्ति पार्क व्यवस्थापन समिति लगायतको संयुक्त सहभागितामा बाजागाजा सहित फूलपाती भित्र्याएको छ । व्यास-४ को तनहुँ कालिका मन्दिरमा हरेक वर्षफूलपाती भित्र्याउने गरिन्छ ।
बडादशै पर्वको आज सातौ दिन अर्थात सप्तमी । यस दिनलाई फूलपाती पनि भनिन्छ । दुर्गा पक्षअर्न्तर्गत आश्विन शुक्ल सप्तमीका दिन मनाइने फूलपाती पर्व आज घरघर तथा देवालयहरुमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याइएको छ ।
नेपाली सेना र प्रहरी कार्यालयबाट ल्याइएको फूलको डोली बाजागाजा सहित दमौली बजारको परिक्रमा गरिएको थियो । उक्त फूलको डोली सहित सहभागि भएका तनहुँ क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य कृष्णकुमार श्रेष्ठ किसान, व्यास नगरपालिकाका मेयर बैकुण्ठ न्यौपाने, प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित, कृष्ण दल गणका प्रमुख, जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख लगायतले व्यास-३ को विपि वनवाटीकामा रहेको वेलको फेदमा विधिपूर्वक पूजा अर्चना गरेका थिए ।
वेलको पूजा अर्चाना पश्चात पुनः दमौली बजार हुँदै व्यास-४ को कालिका शहिद शान्ति पार्कमा रहेको तनहुँ कालिका मन्दिरमा लगि विधिपूर्वक फूलपाती भित्र्याइएको छ ।
घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आव्हान गरी पूजाआजा गरिएको दशैँघर अथवा पूजाकोठामा शुभ साइतको प्रतीकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याउने परम्परा छ ।

नवपत्रिकाको नामले समेत चिनिने फूलपाती नौ देवीको प्रतीकका रुपमा भित्र्याई शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि रहदै आएको छ ।
केरामा ब्रहृमाणी, दारिममा रक्तदन्तिका, धानमा लक्ष्मी, हलेदोमा दुर्गा, मानवृक्षमा चामुण्डा, उखुमा कालिका, बेलपत्रमा शिवा, अशोकमा शोकरहिता र जयन्तीमा कात्तिकी देवीको आवाहन गरी पूजा गरिन्छ, यी देवी नवदुर्गाका पार्ष् अर्थात् सहायक मानिन्छ ।
फूलपाती भित्र्याएसंगै तनहुँमा दशैं पर्वको रौनकता थप बढेको छ । तनहुँ कालिका मन्दिर नेपाल सरकारले सुचिकृत गरेको १०० पर्यटकीय स्थलमा समेत परेको छ । मन्दिर निर्माण कार्य जारि रहेको निर्माण समितिले जनाएको छ ।







सम्बन्धित खबर
फेदीखोलामा राष्ट्रिय कोदो दिवस, स्थानीय परिकार र खेती प्रवर्द्धनमा जोड
शिक्षकको जागिर छाडेर २२० रोपनीमा कागती खेती
अवैध रुपमा नदीजन्य पदार्थ ओसारपसार गरिरहेको ट्याक्टर कारबाहीमा, ३० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा पुँजीगत बजेट खर्च ६८ प्रतिशतमा सीमित
पुतलीबजारका केही वडामा धानमा खपटे किराको प्रकोप
गोपालमान श्रेष्ठको निधनमा पुतलीबजारमा बुधबार सार्वजनिक बिदा
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प, बिरामी मर्कामा
रविले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री र गृहमन्त्री नै गएनन्