तनहुँ । बडादशैकै दिन चितुवाको आक्रमणबाट तनहुँको भानुमा एक बालकको मृत्यु भएको छ ।
मंगलबार साझ चितुवाको आक्रमणबाट घाइते भएका ४ वर्षीय आशिष बानियाँको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
चितुवाको आक्रमणबाट घाइते भएका बालकको डुम्रेस्थित लक्ष्मी अस्पतालमा उपचारको क्रममा साझ ७ बजे मृत्यु भएको हो ।
भानु नगरपालिका वडा नं १ जामुनेगैह्रा स्थित आफ्नै घर नजिक पिङ खेलिरहेका अवस्थामा साझ ५:३० बजे चितुवाले आक्रमण गरेको थियो ।
‘साझ आफ्नै घर नजिक टौवामा राखिएको पिङ खेल्दै गर्दा चितुवाले आक्रमण गरेको रैछ’ जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी लिलाराज लामिछानेले भने ‘अस्पतालमा उपचारका क्रममा बालकको मृत्यु भएछ ।’
पिङ राखिएको टौवा घरबाट कतिब २ सय मिटरको दुरिमा रहेको प्रहरीले जनाएको छ ।
भानुमा फेरि चितुवाको आक्रमण भएको हो । यसअघि पनि भानु क्षेत्रमा पटक-पटक चितुवाले आक्रमण गर्दै आइरहेको छ ।
भानु नगरपालिका क्षेत्रमा यस अगाडि अघिल्लो आर्थिक वर्ष पनि चितुवाको आक्रमण परी ४ जना बालबालिकाको ज्यान गएको थियो । जुन घटनाका कारण स्थानीयहरु निकै त्रसित भईरहेका थिए । यो पछिल्ला घटनाले झन स्थानीयहरु त्रसित हुन पुगेका छन् ।
डिभिजन वन कार्यालय तनहुँका प्रमुख केदार बराल तनहुँ जिल्लामा सबैभन्दा बढी मानव वन्यजन्तु द्धन्द्धको घटना भानु नगरपालिकामा भएको बताउँछन् ।
गत बुधबार राति मात्रै एउटा चितुवा खोरमा परेको थियो । स्थानीय सामुदायिक वनले भानु वडा नं २ मा पर्ने जंगलमा बनाएको काठको खोर बनाएका थिए । भानु नगरपालिकाको कार्यालय नजिकै नारेश्वटारमा बनाइएको काठे खोरमा चितुवा परेको थियो।
उक्त चितुवालाई सन्तनगर रुपन्देही पठाइएको थियो ।
सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
प्रदेश प्रमुखबाट उधौली पर्व, यःमरि पुन्ही, धान्यपूर्णिमा तथा ज्यापु दिवसका अवसरमा शुभकामना सन्देश
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’