पोखरा, २९ मंसिर । कास्कीको अन्नपूर्ण गाउँपालिका कार्यालय सारेपछि विवाद शुरु भएको छ।
गाउँपरिषद्मा छलफल भएर कार्यपालिकाबाट निर्णय भएर कार्यालय सरे पनि केही वडाध्यक्षहरुले विवाद सिर्जना गरेका हुन्। यसअघि लुम्ले कृषि केन्द्रको सानो भवनबाट कार्यालय सञ्चालन भएकोमा सेवा प्रवाहमा असुविधा भएपछि वडा नम्बर २ स्थित साविक ढिकुरपोखरी गाविसको भवनमा गाउँपालिका कार्यालय सारिएको हो। अहिले चल्दै आएको कार्यालयमा ३ वटा मात्रै कोठा छन्।
‘अध्यक्ष र उपाध्यक्ष एउटै कोठामा बस्नुपर्छ। लेखाका कर्मचारी, कार्यकारी अधिकृत र दर्ता चलानी एउटै टेवुलबाट हुन्छ। सव इन्जिनियर, इन्जिनियर, प्रशासन र योजना शाखा एउटै टेवुलमा छ’ – गाउँपालिका अध्यक्ष युवराज कुवँरले भने-‘यस्तो साँघुरो ठाउँबाट कसरी काम गने? जनताको गुनासो आएपछि नै कार्यपालिकाको बैठकबाट निर्णय गरेर अस्थायी रुपमा कार्यालय सारेका हौं।’
उनले अस्थायी केन्द्र ढिकुरपोखरी सारे पनि स्थायी केन्द्रका लागि लुम्ले कृषि केन्द्रको माछापोखरीलाई निर्णय गरेर केन्द्रमा सिफारिस गरेको बताए। ‘सरकारका निर्णय सबै वेभसाईट मार्फत हेर्र्नुपर्छ। कार्यालयमा राम्रोसँग टेलिफोन पनि चल्दैन। नजिक घरगाउँ छैन’- कुवँरले भने-‘एकातिर असुरक्षा छ, अकोर्तिर असुविधा। जनताकै सहजताका लागि यस्तो निर्णय गरेका हौं।’ अस्थायी रुपमा सारिएको ढिकुरपोखरीमा हाल १६ वटा कोठा गाउँपालिकाले चलाउन पाउने कुवँरको भनाइ छ।
गाउँपालिकाकी उपाध्यक्ष सगुन गुरुङले पनि सबैको सहमतिले कार्यालय अस्थायी रुपमा ढिकुरपोखरी सारेको बताइन्। ‘बारम्बार बैठकमा कुरा राखेको हो। तीन महिनादेखि कार्यदल बनाएर छलफल भैरहेको छ’-उनले भनिन्-‘कार्यदलकै सिफारिसमा अस्थायी कार्यालय सारेका हौं। गाउँपालिका अध्यक्षको मात्रै यसमा कुनै हस्तक्षेप छैन।’ कार्यालय स्थानान्तरणका लागि वडा नम्बर ५ का अध्यक्ष जीवनाथ पौडेलको अध्यक्षतामा ७ सदस्यीय समिति गठन भएको थियो। समितिले स्थायी केन्द्रका लागि वडा नम्बर ३ को माछापोखरी, वडा नम्बर ६ को ढावा र हाल भैरहेको कार्यालयलाई प्रतिवेदन मार्फत सिफारिस गरेको छ। अस्थायीका लागि भने ढिकुरपोखरी उत्तम विकल्प भएको समितिले ठहर गरेर कार्यपालिकाको बैठकमा सिफारिस गरेको थियो।
कार्यपालिकाबाट निर्णय भएको विषयलाई वडा नम्बर ६ का वडाध्यक्ष चित्रबहादुर गुरुङले विरोध जनाए। गाउँपालिका ढिकुरपोखरी साने निर्णयमा उनले पनि हस्ताक्षर गरेका छन्। तर निर्णय भएको भोलिपल्टै गुरुङले स्थानीयलाई उचालेर विवाद सिर्जना गरेका सरोकारवालाहरु बताउँछन्। गुरुङले भने कार्यालय साने विषयमा आफूलाई जानकारी नै नभएको बताए।
‘२६ गतेको बैठकमा उठेको हो। तर, मैले निर्णय नगर्न आग्रह गरेको थिएँ’-उनले भने-‘अध्यक्षज्यूलाई लुम्लेबाट विवाद हुन सक्ने जानकारी पनि गराएको थिएँ। निर्णय भएछ मलाई थाहा छैन।’ केन्द्र सारेपछि लुम्लेका स्थानीयले गाउँपालिकाका दुर्इवटै कार्यालय र वडा नम्बर ६ को कार्यालयमा पनि तालाबन्दी गरिदिएका छन्।
वडाध्यक्ष गुरुङले गाउँपालिकाको कार्यालय पुरानै ठाउँमा सार्नुपने दावी गरे। ‘लुम्लेका जनताले कार्यालय सारेकोमा आक्रोस पोखेका छन्। यो निर्णय सच्चिनुपर्छ’- उनले भने-‘आक्रोस मेटाउने एउटामात्रै उपाय निर्णय सच्याउने र पुरानै ठाउँमा कार्यालय साने हो।’ स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएको ६ महिनाभित्र स्थायी केन्द्र सानेबारे निर्णय सरकारलाई सिफारिस गर्न सक्ने कानुनी व्यवस्था छ। सोही व्यवस्थालाई टेकेर स्थायी केन्द्रका लागि केन्द्रमा सिफारिस गरेको गाउँपालिकाले जनाएको छ। अस्थायी केन्द्र सानेबारे कानुनमा खास व्यवस्था छैन।
चुप लागेर नबस्ने चेतावनी (विज्ञप्ती)

कार्यालय सारेको भन्दै लुम्ले कांडे , झोवांग,घान्द्रुक,लान्द्रुक र दाङ्गसिङ्गका स्थानियहरुले बिरोध जनाएका छन् ।
वडा नम्बर ६ का स्थानिय र राजनितिक दल सहित आज भएको भेलाले कुनैपनि हालतमा गाउँपालिकाको कार्यलय सार्ने निर्णय सच्चाउन आग्रह गर्दै त्यसो नभएमा कडा आन्दोलन गर्ने चेतावनि दिएका छन् ।
वडा नं ६ का वडा अध्यक्ष चित्रवहादुर गुरुङ सहीत नेपाली कांग्रेस सभापति केदारनाथ देवकोटा , नेकपा एमाले अध्यक्ष ऐकदेव देवकोटा,नेकपा माओवादी केन्द्रका लक्ष्मण देवकोटा र राप्रपाका अध्यक्ष ऋषिराम देवकोटाले संयुक्त बिज्ञप्ती जारी गर्दै सम्भव भए एफएओ बिल्डींगमा नभए नेपाल सरकारले तोकेकै स्थानमा सबैलाई पायक पर्ने गरि गाउँपालिकाको कार्यलय राख्न माग गरिएको छ ।
बिज्ञप्तीमा वडा ४, ५ ,६,७,८,९,१० र ११ का जनताहरुलाई उक्त निर्णयको बिरोध गर्दै नसच्चिए सम्म जस्तो सुकै आन्दोलनका लागी तयार रहन अपिल गरिएको छ ।
युवा नेता बिबेक देबकोटाले यदी बहुमत वडा प्रतिनिधिहरूको रायलाई लत्याएर अगाडि बढेमा काँडे पारीका जनता चुपलागेर नबस्ने चेतावनी दिए । स्थानियले कृषि केन्द्र कार्यलय नजिकका दुईभवन आवश्यकता अनुसार केहि समय चलाउन दिदा पनि वास्ता नगरेको गुनासो गरेका छन् ।
सम्बन्धित खबर
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा बाघको आक्रमणबाट १० वटा बाख्रा मरे
१५ वर्षपछि दामाचौर–रामपुर जोड्ने ट्रस पुल निर्माण सम्पन्न
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण
जनशक्ति अभावले प्रदेश अस्पताल स्याङ्जाको सेवा प्रभावित
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो