पोखरा । पोखरा लेकसाइडमा रहेको हिमागृहलाई कुनै पनि हालतमा मुख्यमन्त्री/प्रदेशप्रमुखको आवास बनाउन नहुने जनदबाब बढेको छ ।
नागरिक अगुवा, पर्यटन ब्यबसायीसंगै स्थानीय जनप्रतिनिधिहरुले क्षेत्रीय प्रशासक र कास्कीका प्रमुख जिल्ला अधिकरी सहितको टोलीले मुख्यमन्त्रीको अस्थायी आवासको लागि हिमागृह पनि हुन सक्ने सिफारिस गरेकोमा आपत्ति जनाए ।
प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीलाई पोखरा लेखनाथ महानगरपालिका वडानं ६ का अध्यक्ष जगत बहादुर पहारीको नेतृत्वमा गएको टोलीले ध्यानर्कषण पत्र बुझाएको छ। नागरिक समाज पोखराका संयोजक राम बहादुरा पौडेलले ३ वटा विकल्प पनि प्रस्तुत गर्नुभयो । पोखरामा अन्यथुप्रै ठाँउ विकल्पको रुपमा हुदा हुदै पर्यटकीय क्षेत्रमा मुख्यमन्त्री आवास गृह बनाउन खोज्नु राम्रो कदम नभएको बताउनु भयो ।
प्रमुख जिल्ला अधिकारीले तारानाथ अधिकारीले आफुले क्षेत्रीय प्रशासक लाई जानकारी गराउने बताउनु भयो । उहाँले सुरक्षाको दृष्टिकोणले हिमा गृह अस्थायी आवासको लागि रोजीएको पनि बताउनु भयो । पर्यटन ब्यबासयी, स्थानीयको आवज राज्यले सुन्नेभन्दै अधिकारीले आफुहरले अन्यठाउँ पनि हेरेको जानकारी दिनु भयो ।

पर्यटन बोर्डका पुर्व सदस्य बासुदेव त्रिपाठीले हिमागृह रत्नमन्दिर लाई पर्यटकीय गतिविधि संचालन गराउनु पर्नेमा जोड दिनु भयो । पर्यटन बोर्डका पुव सदस्य अग्नी कडेलले पर्यटनको मुटुमा मुख्यमन्त्रीको आवास बनाउदा पोखराको पर्यटन ध्वस्त हुने बताउनुभयो ।
अग्रज पर्यटन ब्यबसायी गणेश बहादुर भट्राईले जैविक विविधता पार्कको रुपमा हिमागृह र रत्नमन्दिर लाई विकास गर्नुपर्ने बताउनुभयो । पश्चिमाञ्चल होटल ब्यबासायी समितिका अध्यक्ष विकल तुलाचन, पोखरा पर्यटन परिषदका उपाध्यक्ष भरतराज पराजुली, टानका पुर्व अध्यक्ष रामचन्द्र शर्मा , रेवान पोखराका अध्यक्ष चौबहादुर गुरुड भगबती पहारी ,पर्यटन ब्यबासायी नरेश भट्राई लगायतले कुनै पनि हालतमा हिमागृह लाई मुख्यमन्त्री आवास गृह बनाउन नदिने बताउनु भयो । आफुहरुको माग सुनुवाई नभए आन्दोलन गर्न पनि पछि नहट्ने पर्यटन ब्यबासयाीले चेतावनी दिएका छ।

पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसीलाई पनि ध्यानाकर्षण पत्र बुझाएको सुनिल पाण्डेले जानकारी दिनु भयो ।

सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु