धरान प्रहरीले पेस्तोल सहित नसालु पदार्थ कारोबार गर्दै आएका एक व्यक्तिलाई नियन्त्रणममा लिएको छ । लामो समयदेखी धरानमा नसालु पदार्थ र पेस्तोलको कारोवार गर्दै आएका एक जनालाई धरान प्रहरीले नियन्त्रणमा लिइ सार्वजनिक गरेको छ ।
इलाका प्रहरी कार्यालयका डिएसपी ढुण्डिराज न्यौपाने नेतृत्वको प्रहरी टोली सुनसरीको कोसी गाँउपालिका–३ घर भई धरान १० बस्ने निरज कुमार राउतलाई आइतबार साझ नियन्त्रण्मा लिई सोमबार सार्वजनिक गरेको हो । समातिएका राउतलाई जिल्ला अदालत सुनसरीबाट आवश्यक अनुसन्धानका लागी म्याद थप गरी उनको कोठाबाट बरामत भएको पेस्तोल त्यसमा लाग्ने म्याग्जिन, गोली तथा नसालु पदार्थ बरामत गरी प्रहरीले सामेवार पत्रकार सम्मेलन गरेको हो ।
पाँच दिनको प्रयास पछि विशेष सुराकीको आधारमा धरान उपमहानगरपालिका १० स्थित बलबहादुरको घरमा डेरा गरी बस्दै आएका राउतको कोठामा छापामारी भारी मात्रामा नसालु पदार्थ र हतियार बरामत गरेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डिराज न्यौपानेले बताएका छन् ।
राउतले लामो समय देखी धरान तथा आसपासका क्षेत्रका नसालु पदार्थ बिक्री गर्दे आएको वताए । प्रहरीले राउतको कोठामा छापा मारी एउटा एक थान म्याग्जिन सहितको पेस्तोल, १३ राउण्ड गोली, नसालु पदार्थहरु स्पास्मो प्रोक्सिवन एकहजार ९ सय ४४ क्याप्सुल, डाईलेक्स डिसी एकसय २ सय २५ बोतल, नाईट्रजन ६सय ४० थान, ७ ग्राम खैरो हिरोइन तथा नगद ११ हजार ३ सय ३० रुपैयाँ नगद बरामत गरिएको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ढुण्डिराज न्यौपानेले बताएका छन् ।
धरान प्रहरी अहिले सम्मकै ठुलो परिमाणको भएको दाबी गरेको छ । राउतलाई नसालु पदार्थ र हातहतियार खरखजना ऐन अन्र्तगत मुद्धा दर्ता गरि कार्वाही प्रकृया अगाडी बढाई सकिएका प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
पोखरा १५ जारी निःशुल्क दन्त शिविर, दोस्रो दिन १५० जनाको परीक्षण
यो पनि पढौँ
बालस्वास्थ्य र बालअधिकारका नीति प्रतिबद्धता पत्रमा समेट्न दलहरुसमक्ष पेडियाट्रिक सोसाइटीको माग
स्याङ्जामा अर्याल दम्पतीमाथि राति कुटपिट, पाँच युवक पक्राउ
चुनावी तालमेल गर्न प्रचण्ड माधवलाई ओलीको प्रस्ताव
बालेनलाई निर्वाचन आयोगले सोध्यो दोस्रोपटक स्पष्टीकरण