पोखरा, पुस १ । प्रदेश र प्रतिनिधीसभा सदस्य निर्वाचनमा नेपाली काँग्रेस देशैभरी लज्जास्पद हार ब्यहोर्न बाध्य भयो । कास्कीमा पनि उसैगरी बढारियो काँग्रेस ।
प्रतिनिधीसभामा ३ निर्वाचन क्षेत्र रहेको कास्कीबाट प्रत्यक्षतर्फ एउटा सीट पनि काँग्रेसको पक्षमा परेन । प्रदेशसभातर्फको ६ सीटमध्ये मुश्किलले एउटा सीट जोगाउन सफल भयो । प्रतिनिधीसभामा क्लिन स्विप गर्न सफल बाम गठबन्धनले प्रदेशसभातर्फ ५ वटा क्षेत्र आफ्नै पक्षमा पा¥यो । अन्ततः कास्कीबाट काँग्रेसले वाम गठबन्धनलाई ८-१ को नतिजा सुम्पिन पुग्यो । डिएनएनेपाल डटकममा प्रकाश ढकालको न्युज छ ।
अहिले चर्चा यसैको छ, काँग्रेसको लज्जास्पद हारको कारण के हो ? अन्तर्घात, कमजोर संगठन कि वाम गठबन्धन ? धेरैले पार्टीभित्रको अन्तर्घात र कमजोर संगठनलाई आरोप लगाईरहेका छन् । दुवै कारण एकातिर जायज हो । तर काँग्रेसको हारको मुख्य कारण वाम गठबन्धन देखिएको छ । यद्यपी यसबाहेकका कारणहरु पनि छन् । २०६४ देखिको ३ वटा निर्वाचनलाई केलाउँदा नेपाली काँग्रेसले जिल्लामा आफ्नो मत प्रतिशत बढाउँदै लगेको छ ।
समानुपातिक र प्रत्यक्ष दुवै तर्फ नेपाली काँग्रेस वाम गठबन्धनको भन्दा मत बृद्धीदर बढी छ । राजनीतिक विश्लेषकहरु समानुपातिक तर्फको मतलाई राजनीतिक पार्टीको तथ्य मत मान्छन् । प्रत्यक्षतर्फ ब्यक्तिगत प्रभाव बढी हुने भएकाले चुनावपिच्छे त्यो मत फेरवदल हुन सक्छ । यद्यपी दलले ल्याएको मत केही तलमाथी भएपनि अनुमात हाराहारीमै हुन्छ ।

अघिल्लो चुनावभन्दा २०७४ को चुनावमा समानुपातिकतर्फ नेपाली काँग्रेसले १ प्रतिशत मत बढाएको छ । २०६४ मा २९ प्रतिशत मत पाएको काँग्रेसले २०७० मा ३९ प्रतिशत पु¥याएको थियो । त्यो प्रतिशत बढेर अहिले ४० प्रतिशत मत नेपाली काँग्रेसको पक्षमा छ । २०६४ मा ७१ प्रतिशत मत पाएको वाम गठबन्धन २०७० मा ६१ प्रतिशतमा झरेर अहिले ६० प्रतिशतमा खुम्चियो ।
प्रत्यक्षतर्फ पनि काँग्रेसको मत प्रतिशत बढेको छ । २०७० मा ३९ प्रतिशत मत पाएको काँग्रेसले ०७४ मा ४१ प्रतिशत मत पायो । २०६४ मा वाम गठबन्धनले भन्दा ४० प्रतिशत कम मत नेपाली काँग्रेसको थियो । २०६४ मा ७० प्रतिशत मत पाएको वाम गठबन्धन २०७० मा ६१ हुँदै २०७४ मा ५९ प्रतिशत मात्रै मत गठबन्धनको छ । वाम गठबन्धन र नेपाली काँग्रेसले प्राप्त गरेको मतलाई मात्रै हिसाव गरेर यो आँकडा निकालिएको हो ।
गठबन्धनभित्रको नेकपा माओवादी केन्द्रको मत प्रतिशत निकै न्युन छ । २०६४ मा ३८ प्रतिशत मत पाएको माओवादीले ०७० मा १९ र २०७४ मा ८ प्रतिशत मत पायो ।
समग्रमा एमालेको मत प्रतिशत अत्यधिक बढेको छ । यद्यपी २०६४ र २०७० को चुनावमा एमाले काँग्रेसभन्दा अगाडी नै थियो । २०६४ मा ३३ प्रतिशत मत पाएको एमाले २०७० मा ४१ हुँदै ०७४ मा ५१ प्रतिशत मत ल्याउन सफल भयो । उता काँग्रेसको बढोत्तरी भने सुस्त देखियो । २०६४ मा २९ प्रतिशत मत रहेको काँग्रेसले २०७० मा ह्वात्तै बढाएर ४० प्रतिशत पु¥याएपनि यो चुनावमा खासै प्रगती देखिएन ।
प्रतिशतका आधारमा विगत र हालको चुनाव काँग्रेसका लागि उस्तै भएपनि मतान्तर भने निकै घटेको छ । यो चुनावमा वाम गठबन्धनले निकै बढी मत ल्यायो । अघिल्लो चुनाव भन्दा यसपटक मतदाता पनि बढेपनि २०६४ मा भन्दा कम मतदाता थिए । २०६४ मा ३ लाख १५ हजार ६ सय ३५ रहेको कास्कीमा ०७० सालमा १ लाख ९७ हजार ६ सय ६८ र २०७४ मा २ लाख ५५ हजार ४ सय ५६ जनाले फोटो सहितको मतदाता नामावलीमा नाम लेखाएका थिए । ६४ सालमा १ लाख ७७ हजार ३ सय ८७ मत खसेको कास्कीमा ७० सालमा १ लाख ५२ हजार २ सय १२ र ७४ सालमा आईपुग्दा १ लाख ८० हजार ५ सय ७३ जनाले मतदान गरेका थिए ।
सम्बन्धित खबर
अवैध सालको काठसहित मिनि ट्रक नियन्त्रणमा
पुस ७ देखि अर्जुनचौपारीमा तीनदिने राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव
रानीथुम्का आधारभूत विद्यालयमा महायज्ञ हुँदै
लामो समयदेखि फरार रहेका दुई प्रतिवादी पक्राउ
अर्जुनचौपारीमा एकदिने स्वास्थ्य शिविर
६ विद्यालयका एक सय १२ विद्यार्थीलाई न्यानो कपडा
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?