काठमाडौं- एनआरएनए आईसीसी को नवौं अन्तर्राष्ट्रिय सम्मेलनले आगामी दुई वर्षका लागि नयाँ कार्यसमिति चयन गर्दैछ । नयाँ कार्यसमिति निर्वाचनको लागि गठित निर्वाचन समितिले जारी गरेको सूचनाअनुसार आज उम्मेदवारी दर्ता, निर्वाचन देखि नतिजा घोषणासम्मको कार्यक्रम रहेको छ ।
बिहान साढे ८ बजे देखि १२ बजेसम्म क्षेत्रीय अध्यक्षहरुको रिपोर्ट पेस गर्ने, विधान संसोधन र साधारणसभाको निर्णय पढ्ने कार्यक्रम छ । त्यस्तै निर्वाचनका लागि उम्मेदवारी दर्ता, नामावली प्रकाशन लगायतका कार्यक्रम जारी रहनेछ । त्यसलगत्तै निर्वाचन सम्बन्धी कार्यक्रम अघि बढ्ने छ ।
यस्तो निर्वाचन तालिका
यसअघि निर्वाचन समितिले सार्वजनिक गरेको निर्वाचन सम्बन्धि कार्यक्रम तालिका अनुसार उम्मेदवारको मनोनयन दर्ता बिहान साढे १० बजेसम्म हुने र दर्ता सकिए लगत्तै उम्मेद्ववारको प्रथम नामावली प्रकाशन गरिने कार्यक्रम छ । उम्मेद्वारको मनोनयन उपर दावी/विरोध साढे ११ देखि साढे १२ बजेसम्म छ । आफ्नो नाम फिर्ता लिन इच्छुक उम्मेदवारले दिनको दिनको साढे १० बजेसम्म बजेसम्म लिन सक्नेछन् ।b दिनको २ बजे उम्मेद्ववारको अन्तिम नामावली प्रकाशन पछि दिउँसो ३ बजेदेखि साँझको ८ बजेसम्म निर्वाचन हुने कार्यक्रम छ ।
निर्वाचन सम्पन्न भएको १ घण्टा पश्चात मतगणना शुरु हुनेछ भने मतगणना सकिएपछि निर्वाचनको नतिजा घोषणा गर्ने कार्यक्रम जनाइएको छ । बिद्युतीय माध्यमबाट मतदानको प्रकृया सम्पन्न गरिने बताइएको छ ।
नयाँ कार्यसमितिका लागि अध्यक्षमा कुमार पन्त र कुल आचार्य प्रतिस्पर्धामा छन् ।
सम्बन्धित खबर
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
इनिशा विक मृत्यु प्रकरण : सामूहिक बलात्कार नभएको प्रहरीको निष्कर्ष