तनहुँ । नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद तनहुँको आयोजनामा आदिवासी जनजाती तनहुँ सांस्कृतिक एवं पर्यटन महोत्सव हुने भएको छ ।
महोत्सव कार्तिक २० गतेदेखि कार्तिक ३० गतेसम्म हुने नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद तनहुँकी अध्यक्ष बसुन्धरा घर्तीले बताईन ।
महोत्सवमा २ सय ३० स्टल हुने आयोजकले जनाएको छ । ३ लाख दर्शकले महोत्सव अवलोकन गर्ने र ३ करोड बराबरको कारोबार हुने लक्ष्य आयोजकले लिएको छ ।
महोत्सव व्यास-४ सिमलटारमा हुने आयोजकले जनाएको छ । नयाँ ठाउँको प्रचारप्रसार गर्न नयाँ स्थान छनौट गरिएको आयोजकले बताउछ्न ।
विभिन्न जातजातिको मौलिक संस्कृतिलाई बढी प्राथमिकता दिइने अध्यक्ष घर्तीले बताईन । ‘टिकटको मुल्य अहिले ६० रुपैयाँ र विद्यार्थीको हकमा भने ४० रुपैयाँ राखिएको छ’ अध्यक्ष घर्तीले भनिन ‘वृद्धवृद्धा लाई भने निशुल्क महोत्सव अवलोकन गर्ने व्यवस्था रहेको छ ।’
महोत्सवबाट हुने मुनाफाबाट परिषद तनहुँको अधुरो भवन पुरा गर्ने उद्देश्यका साथ महोत्सव गर्न लागिएको उनले बताईन । ५ सय १ मुल समारोह समिति गठन गरि महोत्सवको तयारी थालिएको अध्यक्ष घर्तीले बताईन । जनजाति नमुना गाउँ, आदिवासीको कला संस्कृतीलाई मुख्य प्राथमिकतामा राखेर महोत्सव संचालन हुने आयोजकको भनाई छ ।
सम्बन्धित खबर
सडकको नालीमा बेवारिसे भरुवा बन्दुक फेला
दोहोरो नागरिकता प्रकरणमा पक्राउ परेका दिदी–भाइ धरौटीमा रिहा
स्याङ्जाका ९७ वडामध्ये ९६ मा कांग्रेस नेतृत्व निर्विरोध
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन