काठमाडौं – गुहेश्वरीमा नदी सफाइका लागि अब फोहोरपानी प्रशोधन केन्द्र बन्दैछ, जहाँ गोकर्णदेखि गुहेश्वरीसम्मको ढल जोडिनेछ । प्रशोधन केन्द्रको काम ९५ प्रतिशत सकिएको छ । बाँकी सबै काम आगामी डिसेम्बरसम्म सकेर उद्घाटन गर्ने लक्ष्य रहेको खानेपानीमन्त्री विना मगरले जानकारी दिइन् ।
प्रशोधन केन्द्र सञ्चालनमा आएसँगै पशुपति क्षेत्रमा बागमती नदीमा नुहाउन मिल्ने सरकारको दाबी छ । बाग्मतीलाई ढलरहित बनाउने अभियानमा यो निकै महत्वपूर्ण आयोजना भएको भन्दै मन्त्री मगरले भनिन्,’पशुपतिनाथका भक्तजनहरुले बाग्मतीको पानी पिउन नसकेपनि नुहाउनसक्ने बन्नेछ ।’
अहिले काठमाडौं उपत्यकामा घरघरबाट निस्कने ढल सिधै नदीमा मिसाइन्छ । यसले पानीकास्रोत प्रदुषित मात्रै भएको छैन, काठमाडौंको सभ्यतामाथि नै प्रश्न उठेको छ । तर, अब योजनाअनुसार काम भयो भने केही वर्षभित्रै ढल प्रशोधन गरेर खोलामा मिसाउने मात्र छैन, त्यसबाट बिजुली निकालिनेछ । त्यसका लागि गुहृयेहृवरीमा जस्तै सल्लाघारी, कोड्कु, धोबीघाट, गोकर्ण, र चल्नाखेलमा ढल प्रशोधन केन्द्र निर्माण भइरहेका छन् ।
काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) अन्तरगतको आयोजना कार्यान्वयन इकाई (पीआईडी)ले ढल प्रशोधन केन्द्रहरुको निर्माण गरिरहेको छ । यो काम सकिएपछि ढल सीधै खोला वा नदीमा नमिसाइने मन्त्री मगरले जानकारी दिइन् ।
त्यसकै लागि विभिन्न खोला र नदीका कोरिडोरमा ढलका ठूला पाइप बिछ्याउने काम भइरहेको छ । त्यसपछि ढलहरु प्रशोधन केन्द्रसम्म पुग्ने गरी ढल प्रणालीमा जोडिनेछ । ढललाई प्रशोधन केन्द्रसम्म पुर्याएर विभिन्न चरणमा प्रशोधन गरिनेछ । त्यसक्रममा ग्यास समेत निस्कनेछ । त्यो ग्यास प्रयोग गरेर बिजुली निकाल्ने योजना छ । गुह्येश्वरीबाट मात्र २४० किलोवाट बिजुली निकाल्ने बताइएको छ ।
गुहेश्वरीमा दैनिक ३ करोड २५ लाख लिटर पानी प्रशोधन गर्न सक्ने प्लान्ट बनेको छ । सल्लाघारीमा १ करोड ४० लाख लिटर र कोड्कुमा १ करोड ७५ लाख लिटर ढल प्रशोधन गर्नसक्ने प्लान्ट निर्माण गरिँदैछ । धोबीघाटमा दुई ३ करोड ७० लाख लिटरका दुई वटा प्लान्ट निर्माण गर्न लागिएको छ । अहिले पीआईडीले १०१ किलोमिटर खोला नदी किनार क्षेत्रमा ढलको इन्टरसेप्टर निर्माण गरिरहेको छ ।
पीआईडीले हनुमन्ते, मनोहरा र खसाङखुसुङ खोलाको किनारमा इन्टसेप्टर जोड्ने काम गरिरहेको छ । बाग्मती, विणुमती, धोबीखोला, मनमतिखोला लगायतमा अधिकार सम्पन्न एकीकृत बागमती सभ्यता विकास समितिले काम गरिरहेको छ । २ अर्ब ५५ करोड रुपैयाँ लागत रहेको गुहेश्वरीको प्रशोधन केन्द्रको निर्माण भारतीय कम्पनी भीभए टेक वाबागले गरिररहेको छ ।
सम्बन्धित खबर
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
इनिशा विक मृत्यु प्रकरण : सामूहिक बलात्कार नभएको प्रहरीको निष्कर्ष