तनहुँ । कालाभैरव ट्रायल रेसको उपाधी पुरुषतर्फ डोटीका ३० बर्षिय नविन साउद र महिला तर्फबाट प्यूठानकी १९ बर्षिय हुमी बुढामगरले जितेका छन् । साउदले ४५ मिनेट ३० सेकेन्डमा र बुढामगरले एक घण्टा १८ मिनेट ५५ सेकन्डमा निर्धारित दुरी पार गर्दै उपाधी हात पारेका हुन् । प्रथम दुवैले जनही नगद २० हजारको साथमा शिल्ड, मेडल र प्रमाणपत्र पाए ।
४८ मिनेट ३५ सकेन्डमा १२ किलोमिटर दुरी पार गरेका बाग्लुङका २५ बर्षिय चन्द्र घर्ती दोस्रो भए । एक घण्टा २१ मिनेट ५५ सेकेन्डमा दुरी पार गरेकी खोटाङकी १९ बर्षिय प्रिया राईले महिलातर्फको द्धितिय स्थान हासिल गरिन् ।
पुरुषतर्फ काठमाडौंका २३ बर्षिय शिवबहादुर रायामाझी ४८ मिनेट ५५ सेकेन्डमा दुरी पार गर्दै तृतिय भए । एक घण्टा २३ मिनेट ५ सेकेन्डमा दुरी पार गरेकी मकवानपुरकी १९ बर्षिय जुनेली सुनार महिलातर्फ तृतिय बन्न सफल भइन् ।
द्धित्तिय र तृतिय स्थान प्राप्त गरेका धावकहरुले क्रमश: नगद १५ हजार, १० हजार रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र पाए । विजेता धावकलाई गण्डकी प्रदेशसभा सदस्य आशा कोईरालाले पुरस्कृत गरिन् ।
कालाभैरम निर्माण समितिद्धारा आयोजित दोस्रो संस्करणको ट्रायल रेसमा तनहुँ, कास्की, लमजुङ, गोरखा, बाग्लुङ, काठमाडौं, प्यूठान, मकवानपुर, डोटी, खोटाङ लगायतका जिल्लाका २ सय २४ जना धावक सहभागी थिए ।
म्याग्दे गाउँपालिका–३ धयेरेबाट सुरु भएको प्रतियोगिता किलचोक, हटिया, झिरुवास, मुलाबारी हुदैँ कालाभैरम मन्दिर पुगेर टुगिंएको हो ।
म्याग्दे गाउँपालिका – ५ मा अवस्थित कालाभैरम मन्दिरको पर्यटन प्रर्बद्धन र मुलावारीको सुन्तला बजारीकरण गर्ने उदेश्यले रेस आयोजना गरेको संयोजक निर्माण समिति अध्यक्ष बसन्त आलेले बताए । ‘कालाभैरम र मुलावारीमा पर्यटनको सम्भावना भएर पनि ओझेलमा छ’, उनले भने, ‘खेलकुदको माध्यमले पर्यटक भित्र्याउने लक्ष्य हो ।’
सम्बन्धित खबर
स्याङ्जा प्रशासनको सेवा अब सहज, नयाँ प्रणालीले घटायो लाइन र झन्झट
कञ्चन पत्रकारिता पुरस्कार २०८३ बाट पत्रकारद्वय सारु र जिटी सम्मानित
वर्षा र चितुवाको प्रकोपले पुतलीबजारका किसानलाई दोहोरो मार
कृषि एम्बुलेन्स पाएपछि वालिङका किसानलाई राहत
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो