बाँदर धपाउन पोखराका किसानले निकाले अनौठो जुक्ति !

बाँदर धपाउन पोखराका किसानले निकाले अनौठो जुक्ति !

pokhara radio
कास्की– कास्कीको पोखरा महानगरपालिका– २९ पटनेरीमा बाँदरले सताएपछि त्यसको समाधानका लागि रेडियोको प्रयोग गरिएको छ । बाँदरले दुख दिएपछि किसानले अनौठो उपाय निकालेका छन् । भित्र्याउने बेला भएको अन्नबालीमा बाँदरले क्षति पुर्‍याउन थालेपछि किसानले बाँदरबाट बाली जोगाउन विभिन्न उपाय अपनाएका हुन् ।
ठूलो आवाजमा रेडियो बजाएर बाँदर धपाउने जुक्ति उनीहरुले लगाएका छन् । त्यसका लागि खिर्रोको बोटमा रेडियो बजाएर राखिएको छ ।
पाक्न लागेको धानका साथै भट्टलगायतका अन्न बाँदरबाट जोगाउन धौधौ भएपछि कृषकले यस्तो जुक्ति निकालेका हुन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ