पोखरा, १ पुस । पोखरामा जारी बृहत् सफाइ अभियानको ८१ औं श्रृंखला शनिबार उल्लेख्य उपस्थिति सहित सम्पन्न भएको छ ।
क्षेत्रीय अस्पतालसँगैको रामघाट किनारमा फालिएका मरेका जनावर र विभिन्न प्रकृतिका फोहोरमैला गरी करिब १५ टन संकलन गरिएको अभियन्ता ठाकुरप्रसाद बरालले बताए ।
अभियानलाई नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, पोखरा लेखनाथ महानगरपालिका, क्षेत्रीय अस्पताल, पोखरा नर्सिङ क्याम्पस, अन्तरसमाज महासंघ राष्ट्रिय समिति नेपाल, अमरसिंह नमूना मावि, ग्लोबल कलिजियट स्कुल, नोबेल सेकेण्डरी स्कुल, मानव सेवा धर्म समिति नेपाल, गीता मन्दिर संरक्षण समिति, तुल्सीमार्ग टोल विकास संस्था, रानीपौवा युथ क्लब, बौद्ध अर्घौ सदन, स्थानीय आमा समूह, सामुदायिक प्रहरी सेवा केन्द्र माटेपानी लगायत सामाजिक अभियन्ता र स्थानीय संघसंस्थाले ऐक्यबद्धता जनाएको नागरिक समाज पोखराका संयोजक रामबहादुर पौडेलले जानकारी दिए ।
हप्तामा एक घण्टाः राष्ट्रका लागि स्वयंसेवा भन्ने नाराका साथ संचालित शनिबारको उक्त अभियान पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका डिन डा नरेन्द्रजंग गुरुङले राष्ट्रिय गान बजाएर शुभारम्भ गरेका थिए ।

उपस्थिति सहभागीलाई नर्सिङ क्याम्पस पोखराका क्याम्पस प्रमुख निरुपमा थापाले सरसफाइ र राष्ट्रि भावनाको शपथ गराएकी थिइन् ।
अभियानमा पोखरा लेखनाथ महानगरपालिकाका नगर प्रमुख मानबहादुर जिसीको विशेष उपस्थितिमा क्षेत्रीय अस्पतालका निर्देशक डा अर्जुन आचार्यले २५ प्याकेट डिस्पोजल ग्लोब र १० प्याकेट मास्क, अभियन्ता एवं पोखरा ग्रिनमार्ट प्रालिका अध्यक्ष सुजन गुरुङले ५ थान डोको र २ थान कोरेसो तथा ग्लोबल कलिजियट स्कुलका संस्थापक बाबुराम पन्तले ७ प्याकेट डिस्पोजल ग्लोब प्रदान गरेका थिए ।
८२ औ हप्ताको सरसफाइ अभियान वडा १७ राष्ट्रबैंकचोकमा हुनेछ ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ