हिन्दूहरुको महानचाड दशैँ सकिएलगत्तै तिहारपर्वलाई लक्षित गरी तस्करहरुले पर्सा तथा बारा जिल्लाको विभिन्न नाकाबाट पटका भित्र्याउन थालेका छन् । दिपावली तथा छठ पर्वलाई लक्षित गरी भारतबाट ल्याइएको पटाका प्रहरीले बरामद गरेको छ।नेपालमा प्रतिबन्धित पटाका तस्कर समूहले चोरी निकासीको बाटो प्रयोग गरेर नेपाल भित्र्याउने क्रममा प्रहरीले बरामद गरेको हो।भारत बिहार राज्यसँग जोडिएको झापाका खुल्ला सीमा नाकाबाट ठुलो परिमाणमा पटका नेपाल भित्रिन्छ। यसै क्रममा झापाको कचनकवल नाकाबाट भित्र्याइएको पटकासहित एउटा मोटरसाइकल सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ।
सशस्त्र प्रहरी बल २ नम्बर गण झापाबाट खटिएका सशस्त्र प्रहरी नायव निरीक्षक अंगद हरिजन दासको टोलीले हल्दीबारी गाउँपालिका ५ स्थित डाँगागाँउबाट दुई बोरा जगमग पटकासहित मोटरसाइकल नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल २ नम्बर गण झापाका सशस्त्र प्रहरी नायव उपरीक्षक प्रेम भण्डारीले जानकारी दिए। मे १ प ३७१३ नम्बरको मोटरसाइकलमा हालेर बिर्तामोडतर्फ लैजाने क्रममा सशस्त्र प्रहरीले विशेष सूचनाको आधारमा पटका बरामद गरेको भण्डारीले बताए। बरामद गरिएको पटकाको नेपाली बजार मूल्य एक लाख रहेको प्रहरी अनुमान छ।
पटकालाई बिहीबार बिहान सशस्त्र प्रहरी बल २ नम्बर गण झापामा सरोकारावाला निकायको रोहबरमा नष्ट गरिएको उनले बताए। यता बरामद गरिएको मोटरसाइकललाई आवश्यक कारबाहीका लागि भन्सार बुझाइने उनको भनाई छ। ‘तिहार र छठ पर्वलाई लक्षित गरी बारुद जन्य पटका तस्करीको माध्यमबाट भित्र्याउने योजना रहेकोले यसलाई नियन्त्रण गर्न सशस्त्र प्रहरी सीमा क्षेत्रमा परिचालन गरिसकेका छौँ’, भण्डारीले भने।यसअघि जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएका प्रहरी टोलीले मेचीनगर नगरपालिका ६ स्थित तुर्केनीबाट अन्दाजी एक लाख रुपैयाँ बराबरको विस्फोटक पदार्थ बरामद गरेको थियो। त्यस्तै प्रहरीले कनकाई नगरपालिका ५ स्थित सुरुङगाबाट अन्दाजी ७० हजार रुपैयाँ मूल्य बराबरको २९ बण्डल पटका बरामद गरी नष्ट गरिसकेको जनाइएको छ।
सम्बन्धित खबर
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
इनिशा विक मृत्यु प्रकरण : सामूहिक बलात्कार नभएको प्रहरीको निष्कर्ष