पोखरा, १ पुष / नाटक ‘बार्दलीको छेउबाट’ पोखरा २ दिन नै भव्य मञ्चन भएको छ । पोखरा उद्योग वाणिज्य संघको सभाहलमा शुक्रबार र शनिबार देखाइएको नाटक ‘बार्दलीको छेउबाट’ दुवै दिन हाउसफुल दर्शकका बिच भव्य मञ्चन भएको हो ।
प्रदेश नम्बर ४ मा पहिलो पटक खुलेको नाट्य कला अध्ययन गराउने नेसनल आर्ट स्कुलले मञ्चन गरेको नाटक हेन युवा युवतीदेखी बृद्ध बृद्धासम्म आएका थिए । नाटक ‘एक रुपैयाँ’ प्रदर्शन भएको करीब एक वर्षपछि मञ्चन गरिएको नाटक हेर्न दर्शकको उत्साहजन सभागिता रह्यो ।
नाट्य प्रेमी दर्शकहरुले नाटक समसामयीक र सन्देशमूलक भएको प्रतिक्रिया दिएका छन् । उनीहरुले उदासीले ‘बार्दलीको छेउबाट’ नाटकमार्फत नयाँ फड्को मारेको बताएका छन् । सामाजिक परिवेश, सामाजिक जिवन, उनीहरुको मनोदशा र त्यसले समाजमा पारिरहेको प्रभावलाई यथार्थ रुपमा देखाउँदै समाजलाई सकारात्मक परिवर्तन गर्न जरुरी रहेको औंल्याएर उदासीले नाटमार्फत सामाजिक रुपान्तरणमा नयाँ अभियान कोरेको उनीहरुको भनाई छ ।
नाटक प्रति प्रतिक्रिया दिदै चलचित्र पत्रकार संघ कास्कीका अध्यक्ष रेम विश्वकर्माले समाजका पात्रहरुलाई प्रस्तुत गरेर अहिलेको समाज प्रतिविम्वित गर्दै रुपान्तरण गर्न जरुरी रहेको सन्देश दिएको बताए । उनले पोखरामा हालसम्म देखाइएका नाटकहरु मध्ये उदासीको ‘बार्दलीको छेउबाट’ नाटक परिस्कृत र थप बलियो महशुष गरेको बताए ।
दर्शकको सहभागिता र नाटक हेरेका दर्शकले दिएको प्रतिक्रियाबाट नाटक निर्देशक कृष्ण उदासी उत्साही भएका छन् । उनले नाटकको सफलता नेसनल आर्ट स्कुल टिमको मेहनत र नाटकप्रतिको कलाकारको समर्पणको प्रतिफल भएको बताए ।
नाटकमा सुत्रधारको रुपमा ममता मञ्जुल शुक्लाको रुपमा, निलो स्त्रीको रुपमा एलिसा विक, कालो स्त्रीको रुपमा सोनिया खत्री, रातो स्त्रीको रुपमा पार्वती थापा, सेतो स्त्रीको रुपमा लक्ष्मी न्यौपाने, रातो पुरुषको रुपमा कृष्ण पौडेल, सेता पुरुषको रुपमा कुशल अधिकारी, कालो पुरुषको रुपमा विष्णु तिमिल्सिना, निलो पुरुषको रुपमा निश्चल विमल (अधिकारी), प्लस माइनसको रुपमा प्रवेश श्रेष्ठले अभिनय गरेका छन् ।
नाटकको लेखन तथा निर्देशन कृष्ण उदासीको हो भने कलाकार ममता मञ्जुल सह–निर्देशकको रुपमा यसै नाटकबाट उदाएकी छिन् । नाटकमा लक्ष्मी हमालको परिकल्पना, शान्ति थापा पुनको कोरियोग्राफी, सगुन तामाङको द्वन्द्व, रोम तामाङको संगीत संयोजन रहेको छ ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ