पोखरा, १ पुष / नाटक ‘बार्दलीको छेउबाट’ पोखरा २ दिन नै भव्य मञ्चन भएको छ । पोखरा उद्योग वाणिज्य संघको सभाहलमा शुक्रबार र शनिबार देखाइएको नाटक ‘बार्दलीको छेउबाट’ दुवै दिन हाउसफुल दर्शकका बिच भव्य मञ्चन भएको हो ।
प्रदेश नम्बर ४ मा पहिलो पटक खुलेको नाट्य कला अध्ययन गराउने नेसनल आर्ट स्कुलले मञ्चन गरेको नाटक हेन युवा युवतीदेखी बृद्ध बृद्धासम्म आएका थिए । नाटक ‘एक रुपैयाँ’ प्रदर्शन भएको करीब एक वर्षपछि मञ्चन गरिएको नाटक हेर्न दर्शकको उत्साहजन सभागिता रह्यो ।
नाट्य प्रेमी दर्शकहरुले नाटक समसामयीक र सन्देशमूलक भएको प्रतिक्रिया दिएका छन् । उनीहरुले उदासीले ‘बार्दलीको छेउबाट’ नाटकमार्फत नयाँ फड्को मारेको बताएका छन् । सामाजिक परिवेश, सामाजिक जिवन, उनीहरुको मनोदशा र त्यसले समाजमा पारिरहेको प्रभावलाई यथार्थ रुपमा देखाउँदै समाजलाई सकारात्मक परिवर्तन गर्न जरुरी रहेको औंल्याएर उदासीले नाटमार्फत सामाजिक रुपान्तरणमा नयाँ अभियान कोरेको उनीहरुको भनाई छ ।
नाटक प्रति प्रतिक्रिया दिदै चलचित्र पत्रकार संघ कास्कीका अध्यक्ष रेम विश्वकर्माले समाजका पात्रहरुलाई प्रस्तुत गरेर अहिलेको समाज प्रतिविम्वित गर्दै रुपान्तरण गर्न जरुरी रहेको सन्देश दिएको बताए । उनले पोखरामा हालसम्म देखाइएका नाटकहरु मध्ये उदासीको ‘बार्दलीको छेउबाट’ नाटक परिस्कृत र थप बलियो महशुष गरेको बताए ।
दर्शकको सहभागिता र नाटक हेरेका दर्शकले दिएको प्रतिक्रियाबाट नाटक निर्देशक कृष्ण उदासी उत्साही भएका छन् । उनले नाटकको सफलता नेसनल आर्ट स्कुल टिमको मेहनत र नाटकप्रतिको कलाकारको समर्पणको प्रतिफल भएको बताए ।
नाटकमा सुत्रधारको रुपमा ममता मञ्जुल शुक्लाको रुपमा, निलो स्त्रीको रुपमा एलिसा विक, कालो स्त्रीको रुपमा सोनिया खत्री, रातो स्त्रीको रुपमा पार्वती थापा, सेतो स्त्रीको रुपमा लक्ष्मी न्यौपाने, रातो पुरुषको रुपमा कृष्ण पौडेल, सेता पुरुषको रुपमा कुशल अधिकारी, कालो पुरुषको रुपमा विष्णु तिमिल्सिना, निलो पुरुषको रुपमा निश्चल विमल (अधिकारी), प्लस माइनसको रुपमा प्रवेश श्रेष्ठले अभिनय गरेका छन् ।
नाटकको लेखन तथा निर्देशन कृष्ण उदासीको हो भने कलाकार ममता मञ्जुल सह–निर्देशकको रुपमा यसै नाटकबाट उदाएकी छिन् । नाटकमा लक्ष्मी हमालको परिकल्पना, शान्ति थापा पुनको कोरियोग्राफी, सगुन तामाङको द्वन्द्व, रोम तामाङको संगीत संयोजन रहेको छ ।
सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु