पोखरा । सुजुकि माेटरसाईकल तथा स्कुटरकाे नेपालका लागि आधिकारिक बिक्रेता भिजि अटाेमाेबाईल्स र पाेखरा काे लागि अाधिकारिक बिक्रेता हिमालय अटाे वर्ल्ड ले सुजुकि जिक्सर स्ट्रिट मानिया कार्यक्रम तथा प्रत्यक्ष कन्सर्ट काे अायाेजना गर्न लागेका छन।
सुजुकिकाे हाल मात्रै नेपाली बजारमा भित्रिएकाे जिक्सर २५० सिसि काे पावर तथा पर्फमेन्स लाई प्रत्यक्ष रुपमा देखाउने अभिप्राय ले कार्यक्रम काे सुरुवाति गर्न लागिएकाे हाे।
अन्तर्राष्ट्रिय प्रख्यात राईडर डि अार अायु, राम सरदार ले प्रत्यक्ष कला प्रदर्सन गर्ने हिमालय अटाे वर्ल्ड का संचालक साैरब थापा ले जानकारि दिए।
साथै नेपाल बिरलै देख्न पाईने अन्तराष्ट्रिय राईडरकाे सुरक्षित चालकि कला लाई पाेखरामा प्रत्यक्ष हेर्ने माैका सुजुकिले प्रथम पटक मिलाएकाे छ । यस्ताे माैका नेपालमा बिरलै देख्न पाईने भएकाेले यस्ताे सुबर्ण अबसर बाट समयले भ्याए सम्म नछुटाउन भिजि अटाेमाेबाईल्सका सह महाप्रबन्धक धिरज भट्टराईले जानकारि दिए।
साथै उक्त कला प्रदर्शन पछि नेपाली चर्चित म्यालाेडि गायक अलमाेडा राना उप्रेती संग प्रत्यक्ष सांगितिक माहाेल मा रम्न पाईने छ। सुजुकि माेटर्स ईन्डिया द्वारा उत्पादित जापानिज प्रबिधिकाे जिक्सर बाईक मा २५० सिसि काे इन्जिन क्षमता, २६.५ बिएचपि पावर, एफ. अाई. प्रबिधि, सुजुकि अायल कुल्ड प्रबिधि, ६ गियर ट्रान्समिसन, रेडियल टायर, स्पिलिट सिट, फुल्लि डिजिटल ईन्सट्रमेन्ट जस्ता विशेष प्रबिधि सहित का बिशेषता राखेर उत्पादन गरिएकाे छ। याे एउटा कम्प्याक्ट माेडल हाे यसमा नेकेड भर्जन तथा स्पाेर्टि फेयरिङ्ग भर्जन गरि ३ माेडल मा उत्पादन गरिएकाे छ। साथै सुजुकि ले अाफ्ना सम्पुर्ण उत्पादनमा ५ बर्ष सम्मकाे वारेन्टी सुबिधा प्रदान गर्दै अाएकाे छ।
सुजुकि ले स्टन्ट मानिया काठमाडौं पछि पाेखरामा गर्न लागेकाे हाे र पाेखरा क्षेत्र लाई नेपाली बाईक साैखिन हरुकाे पकड क्षेत्रकाे रुपमा लिने गरिन्छ त्यसकारण पनि सुजुकि ले अाफ्नाे पावर फुल माेटरसाईकल लाई प्रत्यक्ष कलात्मक रुपमा प्रदर्शन गर्न लागेकाे हाे। कार्यक्रम बुधवार दिउसाे २ बजे देखि पाेखरा सभागृह मा गर्न लागिएकाे र ईन्ट्रि फ्रि गरिएकाे छ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ