तनहुँ । तनहुँको व्यास नगरपालिका वडा नम्बर १ हाईस्कुलटारमा मंगल राती ग्याङ फाइट भएको छ । उक्त ग्याङ फाइटमा एकजना गम्भीर घाइते भएका छ्न । गम्भीर घाइते हुनेमा व्यास-१ का १८ वर्षीय गणेश बंशि ठकुरी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
ठकुरीको टाउकोमा चोट लागेको छ । दमौली स्थित दमौली अस्पतालमा उनको सामान्य उपचार पश्चात पोखरा रिफर गरिएको छ । उनले अहिले पोखरा स्थित मेट्रोसिटि अस्पतालमा उपचार भईरहेको छ । उनको टाउकोमा २० देखि २२ वटा टाका लगाइको दमौली अस्पतालले जनाएको छ ।

उक्त घटनामा अर्का एक समेत घाइते भएका छ्न । घाइते हुनेमा व्यास १ कै १८ वर्षीय प्रकाश थापा रहेको प्रहरीले जनाएको छ । उनको हात र औलामा चोट लागेको छ ।
त्यस्तै उक्त ग्याङ फाइटका खुकुरी र हातहतियारको समेत प्रयोग भएको स्थानीयले बताए । सो ग्याङफाइटमा करिब ३० जना १६ देखी १८ वर्षको युवायुवती रहेको समेत स्थानीयले बताए ।
उक्त घटनामा ११ जना समातिएकोमा अनुसन्धान पश्चात ७ जना निर्दोष पाइएकोले छोडिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । ४ जना उक्त घटना संलग्न रहेको भन्दै प्रहरीले अनुसन्धान गरिरहेको छ । बाकी फरार रहेका छन ।
मुख्य खुकुरी प्रहार गर्ने फरार रहेको प्रहरीले जनाएको छ । उनिहरुको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । डान्स सिक्ने क्रममा भनाभन भएको कारण उक्त घटना भएको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीले जनाएको छ ।
त्यस्तै, मंगल रातिनै व्यास-२ उत्तरशिला लाईनमा समेत ग्याङफाइट भएको छ । उक्त घटना एकजना घाइते भएका छ्न । व्यास-२ का १८ वर्षीय रमेश कुमाल घाइते भएको प्रहरीले जनाएको छ । उनको कानमा चोट लागेको प्रहरीले जनाएको छ । उक्त घटनामा संलग्नको खोजी भईरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख एसपि विनोद सिलवालले बताए । भनाभन र हात हालहाल हुँदा उक्त घटना भएको प्रहरीले जनाएको छ ।
केहि समय यता दमौलीमा रोकिएको खुकुरी काण्ड फेरि सुरु भएको भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छ्न । खुकुरीको सहर भनेर समेत अन्य जिल्लाको मानिसले चिन्ने गरेको सामाजिक संजालमा लेखिएको देख्न सकिन्छ । के तनहुँ प्रहरी र जिल्ला प्रशासन शान्ति सुरक्षा कायम गर्न चुकेकै हो त ? फरार कहिले समातिएला ? राजनैतिक भनसुनले यस्ता घटना घटाउनले उन्मुक्ति त पाउदैनन ? भन्ने चिन्ता बढेको दमौलीबासी बताउँछन् ।
के भन्छ त तनहुँ प्रहरी ?
उक्त ग्याङ फाइटको विषयमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी प्रमुख एसपि विनोद सिलवालले बताए । ‘११ जना पक्राउ गरेका थियौ’ एसपि सिलवालले भने ‘अनुसन्धान पश्चात ४ जना घटनामा संलग्न देखिएर उनिहरु माथि थप अनुसन्धान भईरहेको छ ।’
मुख्य अभियुक्त फरार रहेको र खोजी कार्य तिव्र भईरहेको एसपि सिलवालले बताए । उक्त घटनामा घाइते भएका ठकुरीका परिवार प्रहरीको सम्पर्कमा नआएको एसपि सिलवालको बताए । सो कारणले समेत अनुसन्धानमा गाह्रो परेको उनले बताए ।
त्यस्तै ४ जना माथी म्याद थप गरि अनुसन्धान गर्न निर्देश ल्न दिएको प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितले बताए । ‘बाकि घटनामा संलग्नलाई समेत छिटो भन्दा छिटो पक्राउ गर्न निर्देशन दिएको छु’ प्रजिअ पण्डितले भने ‘मुख्य अभियुक्त संगै सबै पक्राउ हुन्छ र कारबाही समेत हुन्छ।’
सम्बन्धित खबर
विद्यमान परिस्थितिमा नेपालले सन्तुलित कूटनीति अपनाउनुपर्छ: गण्डकी मुख्यमन्त्री पाण्डे
सार्वजनिक स्थलमा धूम्रपान र सूर्ति सेवन नगर्न प्रशासनको आग्रह, उल्लंघन गरे कारबाही हुने
बिलभन्दा बढी सामान बोकेको बोलेरो नियन्त्रणमा
पोखराबाट भरतपुर र नेपालगञ्जसम्मको हवाई उडान स्थगित
बोक्रो फेरिँदैमा भित्री गुदी फेरिँदैन : सांसद रेग्मीलाई अर्जुनचौपारीको व्यंग्यात्मक जवाफ
महालेखा परीक्षक कार्यालयको प्रतिवेदन गण्डकी प्रदेश प्रमुख समक्ष पेस
यो पनि पढौँ
फिर्के खोलाका संरचना जेठ ९ गतेभित्र हटाउन महानगरको अन्तिम चेतावनी
सबै यात्रु पिसाब फेर्न ओर्लिनासाथ जिप भिरबाट खस्यो, चालकको मृत्यु
फेवातालमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु
रविसँग रास्वपा सांसदका गुनासो, ‘प्रधानमन्त्री र मन्त्रीको सचिवालयले पनि टेरेन’