पोखरा । सुजुकि माेटरसाईकल तथा स्कुटरकाे नेपालका लागि आधिकारिक बिक्रेता भिजि अटाेमाेबाईल्स र पाेखराकाे लागि आधिकारिक बिक्रेता हिमालय अटाे वर्ल्डले संचालन गरेकाे सुजुकि जिक्सर स्ट्रिट स्टन्ट मानिया कार्यक्रम तथा प्रत्यक्ष कन्सर्ट कार्यक्रम पाेखरा सभा गृहमा सम्पन्न भएकाे छ।
सुजुकिकाे हाल मात्रै नेपाली बजारमा भित्रिएकाे जिक्सर २५० सिसिकाे पावर तथा पर्फमेन्स लाई प्रत्यक्ष रुपमा देखाउने अभिप्रायले संचालन गरिएकाे कार्यक्रममा राईडरहरुले देखाएकाे कलाबाट पाेख्रेलि युवाहरुले निकै नै मनाेरन्जन लिएका थिए।
प्रख्यात राईडर डिआरआयु, राम सरदार तथा गाैरबले स्टन्ट प्रस्तुति दिएका थिए।
साथै नेपाल बिरलै देख्न पाईने अन्तरास्ट्रिय राईडरकाे सुरक्षित चालकि कलालाई पाेखरामा प्रत्यक्ष हेर्ने माैका सुजुकिले प्रथम पटक मिलाएकाे हाे ।
स्टन्ट हेर्नकाे निमित्त आएका गाेर्खालि रिकन्डिसनका संचालक रंजित राेक्काले आफुलाई जिक्सर २५० काे पावर तथा राईडरकाे राईडिङ्ग पर्फमेन्सले निकै लाेभ्याएकाे जानकारि दिए ।
सुजुकि ले आफ्नाे २५० सिसि माेडेलका बाईकहरुकाे र्यालि गरि बजार परिक्रमा गराएका थिए ।
सुजुकि साेरुम नया बजारबाट सुरु भएकाे र्यालि पृथ्वीचाेक छाेरेपाटन, लेकसाईड, सृजना चाेक, न्यु राेड हुँदै सभागृहमा आएर सम्पन्न भएकाे भिजि सुजुकि पश्चिम नेपालका बिक्रि प्रबन्धक धनीराम भुसालले जानकारि दिए ।
म्यालाेडि गायक अलमाेडा राना उप्रेतीले आफ्ना प्रस्तुतिहरुले कार्यक्रममा थप हाेैसला थपेका थिए। साथै एक जना ७७ बर्षिय वृद्धले राना संगै नाचेर साथ दिदा कार्यक्रमकाे माहाेल थप राेचक बन्न पुगेकाे थियाे र विदेशी पर्यटकहरुले समेत राईडिङ्ग तथा सांस्कृतिक कार्यक्रमकाे मज्जा लिई रहेका देखिन्थे ।
सुजुकि माेटर्स ईन्डियाद्वारा उत्पादित जापानिज प्रबिधिकाे जिक्सर बाईकमा २५० सिसि काे इन्जिन क्षमता, २६.५ बिएचपि पावर, एफ. आई. प्रबिधि, सुजुकि आयल कुल्ड प्रबिधि, ६ गियर ट्रान्समिसन, रेडियल टायर, स्पिलिट सिट, फुल्लि डिजिटल ईन्सट्रमेन्ट जस्ता विशेष प्रबिधि सहित का बिशेषता रहेकाे भिजि सुजुकि का कजार प्रमुख समित सिङ ले जानकारि दिए।
याे एउटा कम्प्याक्ट माेडल रहेकाे र यसमा नेकेड भर्जन तथा स्पाेर्टि फेयरिङ्ग भर्जन गरि ३ माेडलमा उत्पादन गरिएकाे सिङले जानकारि दिए । साथै सुजुकिले आफ्ना सम्पुर्ण उत्पादनमा ५ बर्ष सम्मकाे वारेन्टी सुबिधा प्रदान गर्दै आएकाे छ ।
सुजुकिले स्टन्ट मानिया काठमाडौं पछि पाेखरामा सम्पन्न गरेकाे हाे र पाेखरा क्षेत्र लाई नेपाली बाईक साैखिनहरुकाे पकड क्षेत्रकाे रुपमा लिने गरिन्छ त्यसकारण पनि सुजुकि ले आफ्नाे पावर फुल माेटरसाईकल लाई प्रत्यक्ष कलात्मक रुपमा प्रदर्शन गर्न लागेकाे हाे ।
सम्बन्धित खबर
कृषि एम्बुलेन्स पाएपछि वालिङका किसानलाई राहत
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो