तनहुँ । विश्व पोलियो दिवस अक्टोवर २४ का दिन रोटरी क्लब अफ दमौलीले बिहिबार दमौलीमा सचेतनामूलक र्याली आयोजना गरेको थियो । र्यालीलाई सम्बोधन गर्दै रोटरी क्लब अफ दमौलीका अध्यक्ष सुर्ज कुमार मल्लले पोलियो विश्वबाट उन्मुलन भइसके पनि जीवाणुले जुनसुकै बेला संक्रमण गर्नसक्ने भएकोले सावधानी अपनाउनुपर्ने बताए ।

पोलियो रोग लागिसकेपछि पूर्णरुपमा निदान हुन नसक्ने भएकोले रोकथाममै लाग्नुपर्ने आवश्यकतालाई मध्यनगर गरेर जनचेतना जगाउने उदेश्यले र्याली आयोजना गरिएको मल्लले बताए ।
विशेष गरी पाँच वर्ष मुनिका बच्चा र गर्भवती महिलाहरुमा यो रोगको भाइरस बढी संक्रमण हुने जोखिम भएकोले बच्चाहरुलाई दूषित वातावरणबाट जोगाउने, खानपिनको राम्रो ख्याल गर्ने र गर्भवतीको उचित स्याहार गर्ने काममा सबैले ध्यान दिनुपर्ने रोटरी क्लब अफ दमौलीका आगामी वर्षका अध्यक्ष दामोदर भण्डारीले बताए ।

यसै गरी क्लबका मेन्टर हरिसिं गुरुङले पोलियो रोग निदान गर्ने अभियानमा विश्वभरका रोटरी र विभिन्न संग संस्था संगै विशिष्ठ व्यक्तिहरु समेत लागेको बताए ।
पोलियो प्लस अभियानमा रोजगारीको अवसर संगै पोलियो निदान गर्दै जानेको संख्या जोडिएको उनले बताए ।

पोलियो प्लस अभियान सन् १९८५ बाट सुरुवाट भएको उनले बताए । थ्री एक्सन एट थ्री मीनटस अभियानमा लर्न, शेयर र डोनेसन रहेको गुरुङले बताए । गुरुङले नेपालबाट पोलियो उन्मुलन भइसकेको भएपनि अन्य देशहरुबाट पोलियो भित्रिन सक्ने सम्भावना भएकाले नियमित पोलियो खोप अभियानलाई निरन्तरता दिनुपर्ने बताए।
कार्यक्रममा स्वास्थ्य कार्यालय तनहुँका निमित्त प्रमुख शंकरबाबु अधिकारीले संसारबाट पोलियो अझै पुर्ण रुपमा उन्नमुलन नभएकाले खोप कार्यक्रमलाई निरन्तरता दिनु पर्नेमा जोड दिए । र्यालीमा पोलियो उन्मूलन गरौँ भन्ने पर्चा पैदलयात्रीहरु र स्थानियलाई पोलियोको बारेमा जानकारी गराईएको थियो ।

पोलियो सम्बन्धी विविध जानकारी लेखिएका प्लेकार्ड सहित अनसनचौतारीबाट सुरु भएको ¥याली सफासडकबाट भोर्लेटार चोक हुदै डाङग्रोखोल्सी, गणेशमानचोक हुदै सोही ठाँउमा आएर समापन भएको थियो । र्यालीमा रोट्रयाक्ट क्लब अफ दमौली, इनरव्हिल क्लब अफ दमौली, व्यास नगरपालिका, तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार एकाई, जिल्ला स्वास्थ्य कार्यालयका कर्मचारी, पत्रकारलगायतको सहभागिता थियो ।

नेपालमा सेम्टेम्बर २०१४ देखि अहिलेसम्म नेपालमा पोलियोका कुनै पनि बिरामी भेटिएका छैनन् । सन् १९८४ मा ८० जना पोलियोका बिरामी भेटिएका थिए । त्यसपछि सन् २००१—२००४ सम्म कुनै पनि पोलियोका बिरामी देखिएन । सन् १९९९ मा पोलि भाइरसको बिरामी भेटिएको थियो । सन् २००० मा भारतबाट पोलियो भाइरस आएको पत्ता लाग्यो । सन् २००५ मा नेपालको सिमा क्षेत्रमा चार जना पोलियोका बिरामी भेटिए । त्यसपछि सन् २००९ सम्मकुनै पनि पोलियोका बिरामी भेटिएनन् ।
सम्बन्धित खबर
तनहुँको छिर्कनेमा हाईस दुर्घटना, ८ जना घाइते
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
तनहुँमा टिप्परको ठक्करबाट मोटरसाइकल चालक रूपाका धर्मराजको मृत्यु
त्रिशूली नदीमा पौडी खेल्नेक्रममा एक बालक बेपत्ता, एकको सकुशल उद्धार
पोखरा-बन्दीपुरबीच पर्यटकीय साझेदारी
डुम्रेमा भएको दुर्घटनामा २१ जना घाइते, दुईको अवस्था गम्भीर
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प, बिरामी मर्कामा
सपनामा पनि मलाई संघीयता विरोधी नसोच्नुस्, हिन्दूराष्ट्र र राजतन्त्रको पक्षमा म छैन: बालेन