पोखरा, १ पुस । पोखरा लेखनाथ महानगरपालिका–११ रामघाटमा आकर्षक पार्क बन्ने भएको छ। अन्तरसमाज महासंघ समिति नेपालले पश्चिमाञ्चल क्षेत्रीय अस्पताल परिसरको पश्चिमतर्फ सात रोपनी खाली जमिनमा पार्क बनाउने भएको हो।
फ्रि–वाइफाईसहित खानेपानी तथा शौचालय, दुबो र फूलका विरुवाहरु पार्कमा रोपिने समितिले जनाएको छ। समितिका अनुसार ६ फिट उचाइको अग्लो कम्पाउण्डसहित तारजाली लगाइने भएको छ। पार्कभित्र ४५ वटा बेञ्च र छातासहितको बस्ने चौतारी बनाइनेछ। ४० लाख लागतमा पार्कको निर्माण कार्य सक्ने समाजका अध्यक्ष दिपेन्द्र राईले बताए।

पोखरा लेखनाथ महानगरपालिकाका प्रमूख मानबहादुर जि.सी.ले एक कार्यक्रमबीच शनिबार पार्कको शिलान्यास गरेका हुन्। प्रमूख जि.सी.ले पार्क निर्माणमा महानगरपालिका सहयोग रहने प्रतिबद्धता जनाए।
उनले पार्कलाई अन्तरजिल्ला स्मारकको रुपमा निर्माण गर्न जोड दिए। पार्क आन्तरिक र बाह्य पर्यटकको आकर्षक गन्तव्यस्थल बन्न सक्ने जि.सी.को धारणा थियो।
जि.सी.ले फरक फरक जिल्लाको पहिचान खुल्नेगरी पार्क निर्माण गर्न आग्रह गरे। ‘फरक फरक जिल्लाको भिन्न भिन्न विशेषताहरु छन्,’ उनले भने, ‘ति विशेषताहरु पार्कमा स्पष्ट झल्कियुन्। जसको आकर्षणले सम्वन्धित जिल्लावासी पोखरा आउँदा पार्कको अवलोकन र भ्रमण गर्न आउन्।’
पोखरा महानगरपालिका वडा नं ११ का वडा अध्यक्ष मोहनप्रसाद बास्तोलाले पार्क निर्माणमा महानगरपालिकाको वडा नं ११ को पूर्ण सहयोग रहने प्रतिबद्धता जनाए। ‘पार्क निर्माणमात्र गर्नु ठूलो कुरा होइन,’ बास्तोलाले भने, ‘यसको उचित व्यवस्थापन र संरक्षणसमेत हुनुपर्छ।’
पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानका डीन डा. नरेन्द्रबिक्रम गुरुङले मानव स्वास्थ्यका लागि धेरै पार्कहरुको निर्माण गर्नुपर्ने औंल्याए। स्थानीय गीता शान्तिमार्ग महिला समूहकी अध्यक्ष माया द्वारेलगायतले बोलेका थिए।
अन्तरसमाज महासंघ समिति नेपालका अध्यक्ष दिपेन्द्र राईको अध्यक्षतामा भएको कार्यक्रममा पार्क निर्माण समितिका सदस्य दिपक घिमिरेले स्वागत र महासचिव भानुभक्त भण्डारी ‘क्षितिज’ले कार्यक्रम सञ्चालन गरेका थिए।
सम्बन्धित खबर
अपिहिमाल र अर्जुनचौपारीबीच विकास साझेदारी : पाँच वर्षीय भगिनी सम्बन्ध सम्झौता
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’