पोखरा, ३ पुस / माछापुछ्रे गाउँपालिका वडा नं ३ साविक घाचोक निवासी भलिवलका पूर्व राष्ट्रिय खेलाडी लेखनाथ लम्साल अहिले छोरीको उपचारमा सहयोगका हात थाप्दै भौँतारिएका छन् ।
छोरी अलिसा लम्साल गएको २ वर्षदेखी हड्डीको क्यान्सरसँग लडिरहेकी छन् । आफ्ना सहपाठीहरु विद्यालयमा नियमित पढिरहदा उनी भने कहिले अस्पतालका शैयाहरुमा त कहिलेकाँही मात्र विद्यालयमा हुन्छिन् । १४ वर्षको कलिलो उमेरमा रोगसँग जुध्दै गरेकी उनी शुक्ला गण्डकी माविमा कक्षा १० को विद्यार्थी हुन् । उनको स्वास्थ्यमा सुधार भएपनि पूर्ण निको हुनको लागि थप उपचारको खाँचो छ ।
२०७३ वैशाख देखी अलिसालाई गर्धनमा समस्या देखियो । त्यसको दुखाईले उनले टाउको चलाउन पनि समस्या भएपछि चिकित्सको सल्लाहमा राजधानीको ग्राण्डी अस्पतालमा सर्भाईकल स्पाईन अप्रेसन गरिएको थियो ।
पछि वायोस्पी परिक्षणमा हड्डीको क्यान्सर भन्ने प्रमाणित भएपछि विभिन्न चरणमा राजधानीकै ग्राण्डी हस्पिटल, सिभिल अस्पाताल, काठमाण्डौँ क्यान्सर सेन्टरमा र पोखराको फिस्टेलमा किमो र रेडीयोथेरापी गरिएको वुवा लेखनाथ लम्सालले बताए।छोरीको उपचारको क्रममा राजधानी र पोखरामा गरि ३२ लाख जति खर्र्च भईसकेको उनको भनाई छ ।
अलिसाको स्वास्थ्यमा सुधार भएपनि पछिल्लो पटक गएको कार्तिकमा गरिएको फलोअपमा क्यान्सरको मात्रा कम नभएकोले थप उपचार गर्नुपर्ने चिकित्सकले सुझाएको लम्साल वताउँछन् । अलिसालाई अव वोन म्यारो ट्रान्सप्लान्ट मार्फत निको पार्न सकिने विश्वास चिकित्सक र परिवारको छ । तर थप उपचारको लागि २० देखी २५ लाख रुपैयाँ खर्च लाग्ने भएपछि परिवार कसरी पैसा जुटाउने चिन्तामा छ ।
लम्साल परिवारको अहिले आम्दानीको कुनै स्रोत छैन । २०५४ देखी ५९ सम्म नेपाल प्रहरीमा सेवा गरेका लेखनाथ द्धन्दकै क्रममा जागिर छोडेर शान्तिस्थापना पछि वैदेशिक रोजगारीमा खाडी मुलुक हानिए ।
छोरी विरामी भएपछि जागिर छोडेर नेपाल आएका उनी उपचारमा लाग्दा आम्दानीको अर्को कुनै माध्यम छैन । ‘ अहिलेसम्म त आफ्नो र ईष्टमित्रसँँँग खोजेर पनि खर्च गरेँ । थप उपचार गर्न पाए छोरीले नयाँ जीवन पाउने थिईन्’, लम्सालले भावुक हुँदै भने‘ म सँग अव उपचारमा लाग्ने पैसा छैन । सहयोगको लागि सवैसँग हात फैलाएको छु।’
लेखनाथले नेपाल प्रहरीमा हुँदा प्रहरी टिमवाट दर्जनौँ राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगिताहरु खेले । सन् २००१ मा पाकिस्तानमा तय भएको भलिवलको ९ औं साफ गेममा राष्ट्रिय टिममा समेत महत्वपूर्ण स्थान वनाएका लेखनाथको दुर्भाग्यनै मान्नु पर्दछ त्यस वेला अन्तिम समयमा अमेरिकाको न्यूर्योक घटनापछि खेल स्थगित भयो ।
अलिसालाई सहयोग गर्न चाहने व्यक्ति तथा संस्थाहरुले उनको नाममा ओम डेभलपमेन्ट वैँक शाखा कार्यालय हेम्जामा खोलिएको बचत खाता नं ००५००७००१८१५५८०००००१ मा सहयोग रकम जम्मा गर्न सकिने छ । त्यसैगरि लेखनाथ लम्सालको मोवाईल नं ९८६१५१६६३०, पदम जिसी ९८५६०२८९०५ र सुरजमोहन पोखरेल ९८४६१३९६३७ लाई समेत सम्पर्क गरि सहयोग प्रदान गर्न सकिने छ ।
सम्बन्धित खबर
अवैध सालको काठसहित मिनि ट्रक नियन्त्रणमा
पुस ७ देखि अर्जुनचौपारीमा तीनदिने राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव
रानीथुम्का आधारभूत विद्यालयमा महायज्ञ हुँदै
लामो समयदेखि फरार रहेका दुई प्रतिवादी पक्राउ
अर्जुनचौपारीमा एकदिने स्वास्थ्य शिविर
६ विद्यालयका एक सय १२ विद्यार्थीलाई न्यानो कपडा
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?