विराटनगर । इलाम नगरपालिका–१ मानेचोकस्थित मेची राजमार्गमा राँकेबाट पुवाखोलातर्फ आउँदै गरेको मे७प २०७४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा इलाम–४ का २७ वर्षीय सञ्जय कटुवालको मृत्यु भएको हो । प्रदेश १ मा भाइटिकाको दिन छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । इलाम र मोरङमा भएको सवारी दुर्घटनामा एक–एक जनाको मृत्यु भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
मंगलबार राति साढे १० बजेको समयमा संजय कटुवाल र सुमन राई सवार मोटरसाईकल दुर्घटनामा परेको थियो । दुर्घटनामा घाइते भएका दुवैलाई उपचारका लागि जिल्ला अस्पताल ईलाम पठाइएकोमा उपचारको क्रममा राति पौने १ बजेको समयमा सञ्जयको मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते सुमनलाई थप उपचारका लागि झापाको बिएण्डसी अस्पताल बिर्तामोड ल्याइएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।
यस्तै, मोरङको सुन्दरहरैचा नगरपालिका–९ स्थित पूर्वपश्चिम राजमार्गमा मोटरसाईकल र स्कुटर एकआपसमा ठोक्किँदा मोटरसाईकल चालकको मृत्यु भएको छ । मङ्गलबार राति साढे ८ बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को२९प २७८४ नम्बरको मोटरसाइकल र विपरीत दिशातर्फ आउँदै गरेको को३२प ८७५० नम्बरको स्कुटी आपसमा ठोक्किएका थिए ।
दुर्घटनामा परेर स्कुटर चालक सप्तरीको महुली बस्ने अन्दाजी २३ वर्षका निश्चल भारती, स्कुटीको पछाडी सवार उर्लाबारी नगरपालिका–४ बस्ने वर्ष २३ की प्रमिला गिरी र मोटरसाईकल चालक झापाको मेची नगरपालिका–१२ बस्ने वर्ष १८ को एलिस भारती घाईते भएका थिए ।
घाइते तीनैजनालाई नोवेल अस्पताल विराटनगर ल्याएकोमा उपचारको क्रममा साढे ९ बजेको समयमा एलिसको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । दुवै सवारी साधनलाई प्रहरी चौकी विराटचोकले नियन्त्रणमा लिएको छ ।
सम्बन्धित खबर
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
इनिशा विक मृत्यु प्रकरण : सामूहिक बलात्कार नभएको प्रहरीको निष्कर्ष