फेरि बढ्यो इन्धनको मूल्य, अब पेट्रोल डिजेल र मट्टीतेलको कति ?

फेरि बढ्यो इन्धनको मूल्य, अब पेट्रोल डिजेल र मट्टीतेलको कति ?

Petrol-diesel-prices-hiked

४ पुस । नेपाल आयल निगमले १५ दिनको अन्तरमा दोस्रो पटक पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले मंगलवार राती १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १/१ रुपैयाँले वृद्धि गर्ने निर्णय गरेको हो ।

यसअघि निगमले मंसिर २२ मा इन्धनको मूल्य समायोजन गरेको थियो । नयाँ मूल्य अनुसार अब पेट्रोलको मूल्य प्रतिलिटर १ सय १ रुपैयाँ पुगेको छ । त्यस्तै, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ७८/७८ रुपैयाँ पुगेको छ ।

निगमका प्रवक्ता वीरेन्द्र गोइतले स्वचालित मूल्य प्रणाली अनुसार नै पेट्रोलियम पदार्थको मूल्य समायोजन गरिएको दाबी गरे । खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य भने यथावत नै राखिएको छ ।

नयाँ मूल्यसूची अनुसार अब निगमलाई प्रतिलिटर पेट्रालमा २ रुपैयाँ ६७ पैसा नाफा नाफा छ । त्यस्तै, डिजेलमा प्रतिलिटर १ रुपैयाँ ७४ पैसा घाटा छ । मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँ २७ पैसा नाफा तथा हवाई इन्धन आन्तरिकमा १२ रुपैयाँ ८३ पैसा र बाहृयमा २४ रुपैयाँ ८८ पैसा नाफा रहेकोे निगमले जनाएको छ ।

खाना पकाउने एलपीजी ग्यासमा भने अझै पनि प्रतिसिलिण्डर २ सय २६ रुपैयाँ घाटा छ । डिजेल र खाना पकाउने ग्यासको विक्री अत्यधिक हुँदा पनि घाटा चुलिएको निगमले जनाएको छ । मूल्य समायोजन गरेसँगै अब मासिक घाटा ११ करोड ३९ लाख रुपैयाँ पुग्ने निगमको प्रक्षेपण छ । अहिले यस्तो घाटा साढे १९ करोड रुपैयाँ छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ