केशव पाठक । पोखरा रंगशालाबाट अबको केही दिनमा नै लाहुरे ट्रेनिङ हट्ने भएको छ ।
पोखरा रंगशाला केही वर्ष देखि यता कहिले ड्राइभिङ इन्ष्टिच्युट त कहिले लाहुरे ट्रेनिङ सिकाउने थलोको रुपमा विवादित बन्दै आइरहेको थियो । ड्राइभिङ इन्ष्टिच्युटलाई हटाएको वर्ष दिन पनि नबित्दै पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितीले अब लाहुरे ट्रेनिङलाई हटाउने कदम थालेको हो ।
पोखरा रंगशाला भित्र लामो समय देखि यता फिजिकल फिटनेसको नाममा पोखराका केही लाहुरे ट्रेनिङ कम्पनीहरुले जिल्ला खेलकुद विकास समितीलाई वार्षिक रुपमा भाडा तिरेर प्रयोग गर्दै आइरहेका थिए । ‘ति कम्पनीहरुले वार्षिक रुपमा करिव ७ लाख भाडा तिर्दै राज्यको सम्पती दुरपयोग गर्दै आइरहे पनि त्यसै टुलु–टुलु हेरेर बस्नै सकिएन’ समितीका अध्यक्ष खगराज पौडेलले बताए ।
‘करिब ६ सय देखि ७ सय जनाले रंगशाला भित्र चौतर्फी मलमुत्र त्याग्ने देखि लिएर बिहान एक्लै मर्निङ वाकका लागि जाने महिलाहरुलाइ समेत जिस्काउने उजुरी आफु समक्ष पटक–पटक आयो’ अध्यक्ष पोडेलले भने–‘समितीलाई पैसा आयो भन्दैमा रंगशाला भित्र यस्तो हर्कत अस्वाभाविक नै ला्ग्यो र यसलाई हटाउन जिल्ला खेलकुद विकास समितीलाई निर्देशन समेत दिएको छु ।’ ‘अब पोखरा रंगशाला भित्रका सबै विकृती विशंगती हट्छन’ उनले थपे ।
तर यस विषयमा जिल्ला खेलकुद विकास समितीका अध्यक्ष याम गुरुङले लाहुरे ट्रेनिङ हटाउने विषयमा आफुलाइ केही थाहा नभएको बताए । उनले भने ‘लाहुरे ट्रेनिङ हटाउने विषयमा मेरो केही विरोध छैन’ ‘तर जिल्ला खेलकुदमा एक जना कार्यालय सहायक राख्ने उपायै नै छैन न त विजुली पानीको तिर्ने पैसा, केही रकम जुटाउन पनि भाडा वा आन्तरिक रुपमा मिलाउनु पर्छ समस्या त्यही हो ।’ उनले जोड दिंदै भने– ‘रंगशाला खेलाडीको हो खेलाडी नै पहिलो प्राथमिकता हो ।’

तस्बिर : सुदर्शन रञ्जित
फागुनको दोश्रो साताबाट पोखरा रंगशाला निर्माण सुरु हुने भएको छ । हालको संरचना भत्काउन राष्ट्रिय खेलकुद परिषदले हालको करिव ४४ लाख क्षेत्रिय खेलकुद विकास समितीको खातामा रकम आइसकेको पनि छ ।
उपभोक्ता समिती गठन गरेर पुरानो संरचना भत्काउन राखेपको दबाब आएको अध्यक्ष गुरुङले जानकारी दिए । तर माघमा सञ्चालनहुने आहारारा गोल्डकपका लागि हामीले पर्खिनु पर्ने भएको छ पूर्व तर्फको भन्दा पहिले पश्चिमको प्यारफिट भत्काउन सुरु गरिने उनले बताए ।
१३ औं दक्षिण एशियाली खेलकुदलाई मध्यनजर गर्दै पोखरा रंगशाला निर्माणको विडिङ अन्तिम चरणमा पुगेको छ । करिव १ अरब २० करोडको लागतमा पोखरा रंगशाला निर्माण हुँदैछ ।
अब अन्तराष्ट्रिय स्तरको ट्रयाक पनि बन्ने भएकोले रंगशाला भित्र कुनै लाहुरे तालिम संचालन हुन नसक्ने कार्यालय प्रमुख प्रकाश बरालले बताए । ‘फागुनको दोश्रो साता बाट लाहुरे तालिम पोखरा रंगशाला त हट्छ नै’ अध्यक्ष गुरुङले भने ‘तर त्यस भन्दा अघि सबै संग सल्लाह हुन आवश्यक पनि हुन्छ ।’
पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितीमा पौडेलले कार्यभार सम्हाले देखि यता रंगशालामा पूर्वाधार निर्माणले गति लिए संगै रंगशाला भित्रका धेरै वेथितीहरु हटदै गएको प्रष्ट देख्न सकिन्छ ।
पोखरा न्युज: पोखरा रंगशालाबाट लाहुरे ट्रेनिङ हट्ने
सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु