सप्तरी – पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको रुपनीमा आज बिहान यात्रुवाहक बस र ट्रक एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य २० जना यात्रु घाइते भएका छन् ।सो दुर्घटनामा परि बसका चालक स्याङ्जा जगतदेव घर भई हाल रुपन्देही बुटवल उपमहानगरपालिका बस्ने ४० वर्षीय नोमोराज न्यौपानेको मृत्यु भएको प्रहरी उपरीक्षक तीलक भारतीले जानकारी दिए ।
दुर्घटनापछि गम्भीर घाइते भएको न्यौपानेको उपचारका लागि राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा पठाइए पनि उपचारका क्रममा आज उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।दुर्घटनामा घाइते भएकालाई उपचारका लागि रायपुरस्थित युनिक अस्पताल पठाइएको प्रहरीले जनाएको छ । बस र ट्रक एकापसमा ठोक्किएर दुर्घटना भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय रुपनी र जिल्ला प्रहरी कार्यालय सप्तरी तथा र इलाका प्रहरी कार्यालय कल्याणपुरबाट प्रहरीको टोली घाइतको उद्धारमा खटिएको थियो ।
काँकडभिट्टाबाट पश्चिम भैरहवातर्फ जाँदै गरेको लु१ख ८२१४ नंको यात्रुबाहक बस र पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना८ ख५९०३ नंको ट्रक एकापसमा ठोक्किएर दुर्घटना भएको थियो ।ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ । दुर्घटनाका कारण भने खेलेको छैन ।
सम्बन्धित खबर
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
पोखरा १५ जारी निःशुल्क दन्त शिविर, दोस्रो दिन १५० जनाको परीक्षण
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’