मुगु- मुगु जिल्लामा रहेको मकामारो गाउँपालिका वडा नम्बर १ डोल्फुमा रहेका ३ बटा तामा खानी सरकारको बेवास्थाका कारण अहिले अलपत्र परेका छ । मुगुको डोल्फु गाँउ नजिकै रहेका ३ बटा तामा खानी पालाजे,ईटिङ, र थाङवाक नामका खानीहरु अहिले यसै अलपत्र परेका छन् । केहि दशक अघिसम्म डोुल्फु गाँउका मानिसहरुले खानीबाट तामाका डल्लाहरु निकाल्ने गरेका थिए । तामा खानीबाट निकालिएका तामाका डल्लालाई आगोमा पकाएर विभिन्न प्रकारका तामाका भाडाकुँडा बनाएर प्रयोग गर्ने गरेको स्थानीयबासीहरुले बताउने गरेका छन् । अचेल ती तामाखानीहरु उत्खनन् नहुँदा पुरिँदै जान थालेको छ ।
२०२४सालबाट तत्कालिन सरकारले डोल्फुको तामाखानी उत्खनन्मा प्रतिबन्ध लगाएको थियो । पुरानो ब्यवस्था खारजी भई नयाँ ब्यवस्था लागू भएपनि सरकारले अझै तामा खानी उत्खनन् गर्न फुकुवा गर्न कुनै चासो नदेखाएको स्थानीयको गुनासो छ । खानी उत्खनन् हुन सके स्थानीयले गाँउमानै रोजगार पाउने र आयआर्जन बृद्धी हुने आशा गरेका छन् । मुगमकामारो गाँउपालिका वडा नम्बर १का वडा अध्क्षय सोनाम आङजी तामाङले गाँउ पालिकाको गाँउ सभाबाट तामा खानी उत्खनन्को लागि माथिल्लो निकाय संघिय सरकारसंग आग्रह गरेको बताए ।
मुगमकामारोङ गाँउपालिकाका अध्क्षय छिरिङ क्याप्ने लामाले तामा खानी मात्र नभई मुगुको सानो काईकी क्षेत्रमा फलाम खानी समेत रहेको जानकारी गराएका छन् ।
सम्बन्धित खबर
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
इनिशा विक मृत्यु प्रकरण : सामूहिक बलात्कार नभएको प्रहरीको निष्कर्ष