तनहुँ । नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद तनहुँको आयोजनामा आज बुधबारदेखि चौथो आदिवासी जनजाती तनहुँ सांस्कृतिक एवं पर्यटन महोत्सव सुरु हुदैछ ।
महोत्सव कार्तिक २० गतेदेखि कार्तिक ३० गतेसम्म हुने नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद तनहुँकी अध्यक्ष बसुन्धरा घर्तीले बताईन ।
महोत्सवको तयारी सकिएको र महोत्सव स्थलमा २ सय ३० स्टलहरु, रमाईलो मेला र स्टेज निर्माण गर्ने काम समेत बनेको उनले बताईन । त्यस्तै महोत्सव स्थलको प्रवेशद्धार पृथ्वीराजमार्ग देखि सिमलटार जाने बाटोमा गेट निर्माण गर्ने कार्य भइसकेको छ ।
त्यसैगरी महोत्सवको प्रचार प्रसार कार्य तथा बजार क्षेत्र र जिल्लाका विभिन्न भागमा तुल व्यानरहरु राख्ने काम भई सकेको उनले बताइन ।
महोत्सवको बुधबार प्रतिनिधि सभा सदस्य कृष्णकुमार श्रेष्ठ(किसान)ले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । ३ लाख दर्शकले महोत्सव अवलोकन गर्ने र ३ करोड बराबरको कारोबार हुने लक्ष्य आयोजकले लिएको छ ।
त्यसैगरी महोत्सवमा गायक प्रमोद खरेल, पशुपति शर्मा, बद्री पंगेनी, प्रिती आले, प्रकाश सपुत, ज्योति मगर,नबिन पौडेल, कमला घिमिरे लगायतका चर्चित राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति हुने महोत्सवका प्रवक्ता नन्दु थापाले जानकारी दिए ।
नयाँ ठाउँको प्रचारप्रसार गर्न नयाँ स्थान छनौट गरि महोत्सव व्यास-४ सिमलटारमा गर्न लागिएको महोत्सव आयोजक बताउछन ।
विभिन्न जातजातिको मौलिक संस्कृतिलाई बढी प्राथमिकता दिइने अध्यक्ष घर्तीले बताईन । ‘टिकटको मुल्य अहिले ६० रुपैयाँ र विद्यार्थीको हकमा भने ४० रुपैयाँ राखिएको छ’ अध्यक्ष घर्तीले भनिन ‘वृद्धवृद्धा लाई भने निशुल्क महोत्सव अवलोकन गर्ने व्यवस्था रहेको छ ।’
महोत्सवबाट हुने मुनाफाबाट परिषद तनहुँको अधुरो भवन पुरा गर्ने उद्देश्यका साथ महोत्सव गर्न लागिएको उनले बताईन । जनजाति नमुना गाउँ, आदिवासीको कला संस्कृतीलाई मुख्य प्राथमिकतामा राखेर महोत्सव संचालन गर्न लागिएको उनले जानकारी दिईन ।
महोत्सव स्थल पुग्न बसक व्यवस्था
महोत्सव पहिले हुने स्थान भन्दा नयाँ स्थानमा गर्न लागिएको भएको हुँदा बसको व्यवस्था गरिएको छ ।
दर्शकको सुविधा लाई मध्यनजर गर्दै महोत्सव स्थल सम्म पुग्नको लागी बसको व्यवस्था गरिएको महोत्सव मुल समारोह समितिकी संयोजक बसुन्धरा घर्तीले जानकारी दिइन ।
बसले दमौलीको भोर्लेटार चोकबाट १५-१५ मिनेटको अवधिमा महोत्सव स्थल सम्म दर्शकलाई लैजाने छ ।
सम्बन्धित खबर
अपिहिमाल र अर्जुनचौपारीबीच विकास साझेदारी : पाँच वर्षीय भगिनी सम्बन्ध सम्झौता
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’