भारतीय विदेश मन्त्रालयका प्रवक्ता रभीस कुमारले बिहीबार नयाँदिल्लीमा आयोजित पत्रकार सम्मेलनका क्रममा सोधिएको प्रश्नमा नेपालसँगको सिमारेखामा कुनै हेरफेर नगरिएको दाबी गरेका हुन्भा रतले कुनै पनि नेपाली भूमि नमिचेको दाबी गरेको छ।
नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरालाई नयाँ नक्सामा आफूतर्फ गाभेको भन्दै आलोचना भइरहेका बेला उसले यस्तो स्पष्टीकरण दिएको हो। सरकारले भन्यो : कालापानी क्षेत्र नेपालकै हो, भारतको नक्सा मान्दैनौं ‘हाम्रो नक्साले भारतको सम्प्रभुतालाई देखाउँछ। नयाँ नक्सामा नेपालसँग जोडिएको सिमानामा कुनै भूगोल तलमाथि या हेरफेर गरिएको छैन’, उनले भने, ‘नेपालसँग सिमानामा अहिलेकै व्यवस्था अनुसार सम्बन्ध रहँदै आएको छ, यसमा कुनै हेरफेर भएको छैन।’ प्रवक्ता कुमारले भारत आफ्ना निकट छिमेकीहरुसँग द्विपक्षी सम्बन्धका क्रममा उठेका सवाललाई वार्ताद्वारा समाधानका लागि तयार रहेको पनि उल्लेख गरेका छन्।
‘हामी आफ्ना निकट छिमेकीसँग मैत्रीपूर्ण द्विपक्षीय सम्बन्धलाई ख्याल गर्दै वार्ताको माध्यमबाट समाधान खोज्न आफ्नो प्रतिबद्धता दोहोर्याउँछौं’, उनले भनेका छन्, ‘साथै निहित स्वार्थ बोकेर दुवै देशबीचमा मतभेद पैदा गर्ने कोशिश गरिरहेका तत्वहरुविरुद्व एकजुट हुनु जरुरी भएको छ।’
सम्बन्धित खबर
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
ब्राजिलका पूर्वराष्ट्रपतिलाई २७ वर्ष जेल
बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्ड सजाय
अस्ट्रेलियामा ट्रकले कारलाई ठक्कर दिँदा नेपाली दम्पती र छोराको मृत्यु
अमेरिकाले सुगर, क्यान्सर र मोटोपना भएका बिरामीलाई भिसा नदिने
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’