तनहुँ । नयाँ राजनीतिक नक्सामा नेपालको कालापानी र लिपुलेकलाई भारतमा देखाएको भन्दै तनहुँको सदरमुकाम दमौली बजारमा विद्यार्थीहरुले विरोध गरेका छन् ।
नेपाल विद्यार्थी संघ आदिकवि भानुभक्त क्याम्पस इकाईमा आवद्ध विद्यार्थीहरुले नेपाली भू–भाग अतिक्रमण गरेको भन्दै विहिबार विरोध प्रर्दशन गरेका हुन् ।
उनीहरुले ‘ब्याक अफ इण्डिया’, ‘कालापानी, लिपुलेक र लिप्पियाधुरा नेपाल हो’ कलको नारा र व्यानरसहित भारतीय नम्बर प्लेटका सवारी रोकेर बिरोध गरेका हुन । आदिकवि भानुभक्त क्याम्पसबाट शुरु भएको र्यालीले दमौलीको भोर्लेटार चोकमा कोणसभाको आयोजना गरिएको थियो ।

सभामा बोल्दै विद्यार्थी तथा युवा नेताहरुले भारतलाई यथाशिघ्र आफ्नो गल्ति सुधार्न चेतावनी दिएका छन् । भारतको विस्तारवादी नीतिको विरोध गर्दै उनीहरुले नेपालको भू–भाग भारतीय नक्साबाट हटाउन माग गरेका छन् । भारतीय विस्तार मुर्दाबाद, हाम्रो भुमी फिर्ता गर लगाएतका नारा लगाएका थिए ।
कार्यक्रममा स्ववियु आदिकवि भानुभक्त क्याम्पसकी सभापति दुर्गा भण्डारीले भारतीय विस्तारवाद मान्य नहुने बताईन ।
त्यस्तै स्ववियु निवर्तमान सभापति उद्दव पौडेलले सत्ता पक्ष र प्रतीपक्ष राष्ट्रिय मुद्दामा बोल्नुपर्ने बताए । करिब ६० जना विद्यार्थीहरुको सहभागितामा १ घण्टा उक्त विरोध कार्यक्रम भएको थियो ।
नेपाल विद्यार्थी संघ तनहुँका प्रवक्ता हरि खनालले भारतले आफ्नो नक्सा सच्याउनुपर्ने बताए । भारतीय बिस्तारवाद विरुद्ध सरासरले ठोस कदम चाल्नुपर्ने उनले बताए ।
कार्यक्रममा जि जे ०९ एक्स ९६४२ नम्बरको भारतीय ट्रक रोकिएको थियो । नेपाल विद्यार्थी संघ आदिकवि भानुभक्त क्याम्पस इकाईका सभापति सुदर्शन पोख्रेलको नेतृत्वमा उक्त कार्यक्रम भएको थियो ।
सम्बन्धित खबर
सडकको नालीमा बेवारिसे भरुवा बन्दुक फेला
दोहोरो नागरिकता प्रकरणमा पक्राउ परेका दिदी–भाइ धरौटीमा रिहा
स्याङ्जाका ९७ वडामध्ये ९६ मा कांग्रेस नेतृत्व निर्विरोध
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन