नेपालगञ्जः भारतले नेपाल–भारत सीमा नाकाअन्तर्गत नेपालगन्ज नाकाबाट सवारीसाधन जान रोक लगाएको छ । भारतको सर्वोच्च अदालतले विचाराधीन विवादास्पद राम जन्मभूमिसम्बन्धी मुद्दाको अन्तिम फैसला गर्ने दिनको बिहान १ बजेदेखि नै सीमा नाका भएर सवारीसाधन जान रोक लगाएको हो ।
इलाका प्रहरी कार्यालय, जमुनहाका इन्चार्ज प्रहरी नायव निरीक्षक माधवप्रसाद रिजालका अनुसार आइतबार पनि कुनै सवारीसाधन प्रवेश गर्न दिएको छैन । उनका अनुसार नेपालबाट पैदलयात्रुलाई जान दिए पनि कुनै पनि सवारीसाधन जान दिएको छैन । उनले भारतबाट आउने सवारीसाधन भने निर्वाधरूपमा आउन दिएको बताए ।
मुद्दा फैसलापछि हिन्दू र मुस्लिमबीच हुन सक्ने साम्प्रदायिक दंगालाई मध्यनजर गरी भारत सरकारले नेपाल–भारत सीमा नाका जमुनहा अकस्मात बन्द गरेको उनले बताए । भारत सरकारले दंगा भड्किन सक्ने आशंकाले सीमा नाकामा सुरक्षा व्यवस्थासमेत कडा बनाएको छ । रुपैडिहामा सुरक्षाकर्मी परिचालन गरी समूहमा बस्नसमेत रोक लगाएको रुपैडिहाका पत्रकार सन्तोष शुक्लले जानकारी दिए ।
सम्बन्धित खबर
वैदेशिक रोजगारका नाउँमा ठगी धन्दा, झन्डै ५ करोड ठगी गरेको आरोपमा ६ जना पक्राउ
पोखरामा कक्षा १२ को परिक्षाको प्रश्नपत्र आउट गर्ने कार्यमा संलग्न रहेको आरोपमा २ जना पक्राउ
कुटपिट गरी हत्या गरेको १७ वर्षपछि एकै गाउँका ५ महिला पक्राउ
पोखरामा पेस्तोल सहित एक व्यक्ति पक्राउ
विदेश पठाउने भन्दै ४० लाख बढी ठगी, २ पक्राउ
पोखरामा १० केजी दुर्लभ वन्यजन्तुको मासुसहित एक पुरूष पक्राउ
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग