तनहुँ । तनहुँको देवघाट गाउँपालिका-१ की जइसरा गुरुङले ९४ वर्षको उमेरमा बल्ल नेपाली नागरिकताको प्रमाणपत्र पाएकी छन् । जिल्ला प्रशासन कार्यालयले सञ्चालन गरेको एक दिने घुम्ती सेवा शिविरबाट उनले नागरिकता प्राप्त गरेकी हुन् ।
नागरिकता बनाउन सदरमुकाम दमौलीसम्म आउनुपर्ने बाध्यता रहेकाले सर्वसाधारणको सुविधाका लागि गाउँमा नै घुम्ती शिविरमार्फत नागरिकता वितरण गरिएको प्रमुख जिल्ला अधिकारी पण्डितले बताए ।
देवघाट गाउँपालिकामा जिल्ला प्रशासन कार्यालयले शनिबार घुम्ती शिविर सञ्चालन गरी गुरुङ सहित २१२ जनालाई नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त वितरण गरेको छ । घरदैलोमा पुगेर सर्वसाधारणलाई सेवा प्रवाह गर्ने उद्देश्यसहित गाउँपालिकाको सहकार्यमा गरिएको घुम्ती शिविरबाट ९३ पुरुष र ११९ महिलालाई नागरिकता वितरण गरिएको जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ ।
सो अवसरमा प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित र गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले सर्वसाधारणलाई नेपाली नागरिकताको प्रमाणपत्र वितरण गरेका थिए ।
देवघाट गाउँपालिकाका अध्यक्ष थापाले प्रशासन कार्यालयले स्थानीयस्तरमा नै आएर नागरिकता वितरण गरिदिँदा स्थानीयवासीलाई राहत मिलेको बताए । प्रशासन कार्यालयले यसअघि पनि देवघाट गाउँपालिकामा दुइपटक घुम्ती शिविरमार्फत नागरिकता वितरण गरिसकेको छ ।
कार्यालयले गत आर्थिक वर्षमा शुक्लागण्डकी नगरपालिका, घिरिङ गाउँपालिका, भीमाद नगरपालिका, ऋषिङ गाउँपालिका, आँबुखैरेनी गाउँपालिकामा समेत घुम्ती शिविरको आयोजना गरेको थियो ।
सम्बन्धित खबर
विद्यमान परिस्थितिमा नेपालले सन्तुलित कूटनीति अपनाउनुपर्छ: गण्डकी मुख्यमन्त्री पाण्डे
सार्वजनिक स्थलमा धूम्रपान र सूर्ति सेवन नगर्न प्रशासनको आग्रह, उल्लंघन गरे कारबाही हुने
बिलभन्दा बढी सामान बोकेको बोलेरो नियन्त्रणमा
पोखराबाट भरतपुर र नेपालगञ्जसम्मको हवाई उडान स्थगित
बोक्रो फेरिँदैमा भित्री गुदी फेरिँदैन : सांसद रेग्मीलाई अर्जुनचौपारीको व्यंग्यात्मक जवाफ
महालेखा परीक्षक कार्यालयको प्रतिवेदन गण्डकी प्रदेश प्रमुख समक्ष पेस
यो पनि पढौँ
फिर्के खोलाका संरचना जेठ ९ गतेभित्र हटाउन महानगरको अन्तिम चेतावनी
सबै यात्रु पिसाब फेर्न ओर्लिनासाथ जिप भिरबाट खस्यो, चालकको मृत्यु
फेवातालमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु
रविसँग रास्वपा सांसदका गुनासो, ‘प्रधानमन्त्री र मन्त्रीको सचिवालयले पनि टेरेन’