सुनिल गिरीको ‘जाम क्यारे माया’ कौराह गीत बजारमा

सुनिल गिरीको ‘जाम क्यारे माया’ कौराह गीत बजारमा

Jam Kyare Maya

तनहुँ । चर्चित लोकपप गायक सुनिल गिरीको ‘जाम क्यारे माया’ बोलको कौराह गीत सार्वजनिक भएको छ ।

शुक्रवार गिरीले आफ्नै यूट्युब च्यानलमार्फत सार्वजनिक गरेको गीतमा गायिका मेलिना राईको पनि स्वर रहेको छ । गीतको शब्द तथा संकलन पनि गिरी स्वयंले नै गरेका हुन् ।

गीतको भिडियोमा सुनिल गिरी र उर्मिला गुरुङको मुख्य अभिनय रहेको छ ।

मनाङ गुरुङले कोरियोग्राफी गरेको भिडियोलाई हरि श्रेष्ठ र उज्वल सापकोटाले खिचेका हुन् । यस कौरा गीतमा मादल तथा खैंजडी खडक दाइको रहेको छ ।

श्यामश्वेत रसाइलीले एरेन्ज गरेको गीतलाई प्रिज्म स्टुडियोमा रेकर्डिङ गरिएको हो । साथै उक्त गितको भिडियो भने गायक गिरिको आफ्नै गाउँमा छायांकन गरिएको हो ।

गिरिले कौराह गित पहिलो पटक गायका हुन् । फरक-फरक गितहरु प्रस्तुत गर्ने क्रममा यो गित अहिले सार्वजनिक गरिएको गायक गिरि बताउछन ।

हेर्नुस भिडियो :

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ