किरण श्रेष्ठ, तनहुँ । तनहुँको भानुमा फेरी अर्को एउटा चितुवा परेको छ । भानु-१ जामुने गैह्रा स्थित सामुदायिक वनमा राखिएको परम्परागत काठको खोरमा हिजो राति ३ बजे एउटा चितुवा परेको डिभिजन वन कार्यालय तनहुँका प्रमुख केदार बरालले जानकारी दिए ।
भानु-१ स्थित भिमसेनथुम्की सामुदायिक बनमा बनाइएको काठे खोरमा चितुवा परेको हो । खोर स्थानिय हरिभक्त ढकालले बनाएको काठको खोरमा उक्त चितुवा परेको डिभिजन बन प्रमुख बरालले बताए । ‘८/९ वर्षको जस्तो देखिन्छ, पोथी चितुवा हो’ डिभिजन बन प्रमुख बरालले भने ‘करिब ४० किलो जत्तिको सानो कदको छ ।’
उक्त चितुवालाई चितवन राष्ट्रिय निकुञ्जमा पठाइएको प्रमुख बरालले जानकारी दिए । उनाका अनुसार यसअघी परेका भन्दा सानो आक्रमक रहेको उनले बताए । राष्ट्रिय प्रकृति संरक्षण कोष र डिभिजन बन कार्यालय तनहुँको संयुक्त टोलिले उक्त चितुवालाई चितवन राष्ट्रिय निकुञ्ज लगिएको बरालले बताए । चितुवा नियन्त्रय लिएको केही दिन भित्र अर्को चितुवाले मानिसलाइ आक्रमण गर्ने गरेकोले सर्तक रहनका लागि भानुवासी डिभिजन बन कार्यालय तनहुँले अनुरोध गरेको छ ।
भानु नगरपालिकाका विभिन्न वडामा चितुवाले बालबालिका आक्रमण गर्ने क्रम नरोकिएपछि चितुवा नियन्त्रणका लागि बनाइएको खोरमा परेर चितुवा नियन्त्रणमा आएको हो । यसअघि नियन्त्रणमा लिइएको दुई वटै चितुवा भाले रहेको थियो भने अहिले पोथी चितुवा खोरमा परेको हो । मान्छे खाने चितुवा हो या होइन त्यो भनेर अहिले नै एकिन हुन नसकेको विज्ञ टोलिको भनाई छ ।

भानु नगरपालिकाको विभिन्न वडामा पटक–पटक चितुवाले आक्रमण गरी बालबलिकाको ज्यान लिन थालेपछि केहि समय अघि त्यस क्षेत्रमा पुजापाठ समेत गरिएको थियो ।
भानु नगरपालिकाको १, २, ३ र ४ नम्वर वडाका दुईसय ५२ घर धुरीका पाँच सयभन्दा बढी स्थानीयको सहभागितामा त्यहाँको कालिका मन्दिरमा आइतबार पुजा लगाइएको थियो ।
भीमसेन थुम्कामा दशवटा र थप्रेक कालिका मन्दिरमा दुईवटा गरी बाह्रवटा बोकालाई बलि दिइएको थियो । पहिलेदेखि नै चलिआएको परम्पराको संस्कारलाई निरन्तरता दिएको स्थानीयको भनाइ छ ।
पछिल्लो समय दिनहुँजसो चितुवाले बालबालिकालाई घरमै आई ज्यान लिन थालेपछि त्यस क्षेत्रका स्थानीय त्रसित बन्दै आएका थिए । त्यस्तै निरन्तरको आक्रमण प्रयास नरोकिएपछि बालबालिका विद्यालय जानसमेत डराउन थालेका छन् । चितुवाको आक्रमण नरोकिएपछि अभिभावकलाई आफ्ना केटोकेटीलाई एक्लै नछाड्न आग्रह गरिएको डिभिजन वन कार्यालय तनहुँका प्रमुख केदार बरालले बताए ।

‘विशेषगरी साँझ र विहानको समयमा बस्तीमै पसेर चितुवाले निरन्तर आक्रमणको प्रयास गरेपछि अभिभावकलाई छोराछोरी एक्लै नछाड्न भनेका हौं ।’ डिभिजन बन प्रमुख बरालले भने ’चितुवा नियन्त्रणमा लिन जंगलमा परम्परागत काठका खोरहरु निर्माण गरी पासोसमेत थापेका छौ ।’ मन्दिरमा पुजापाठ, जप तथा रुद्राभिषेक गरिएको थियो ।
करिब २० महिनाको अवधिमा चितुवाको आक्रमणमा परी ६ जना बालबालिकाको ज्यान गैसकेको छ भने ४ जना घाइते भएका छन् ।
सम्बन्धित खबर
फेदीखोलामा राष्ट्रिय कोदो दिवस, स्थानीय परिकार र खेती प्रवर्द्धनमा जोड
शिक्षकको जागिर छाडेर २२० रोपनीमा कागती खेती
अवैध रुपमा नदीजन्य पदार्थ ओसारपसार गरिरहेको ट्याक्टर कारबाहीमा, ३० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा पुँजीगत बजेट खर्च ६८ प्रतिशतमा सीमित
पुतलीबजारका केही वडामा धानमा खपटे किराको प्रकोप
गोपालमान श्रेष्ठको निधनमा पुतलीबजारमा बुधबार सार्वजनिक बिदा
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
राष्ट्रिय सभामा पनि मागियाे प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा
देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प, बिरामी मर्कामा