प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला रोगसम्बन्धी थप उपचार अब अमेरिकामा हुने भएको छ । यस निम्ति उहाँकी निजी चिकित्सक डा. दिव्यासिंह शाह आवश्यक कागजातसहित २४ गते आइतबार टर्किस एयरको दिउँसो २.४० को उडानबाट अमेरिका पुगेर परामर्शमा जुट्नु भएको छ । विदेश मामिला सल्लाहकार डा. राजन भट्टराई पनि नोभेम्बर १३ र १४ मा क्यापिटल हिलमा हुने एक कार्यक्रमका नाममा त्यतातिर लाग्नुभए पनि दुवैको उद्देश्य प्रमको स्वास्थ्यबारे परामर्श गर्नु नै भएको बालुवाटारस्रोतले जनाएको छ ।
मिर्गौला प्रत्यारोपणका अनेक विधि छन् । भएकै मिर्गौलालाई नचलाई छेउमा अर्को राख्न सकिने उपायबारे पनि सल्लाह भइरहेको बताइन्छ । पूँजी विकास बचत तथा सहकारी न्यूरोडका अध्यक्ष तथा नेकपा कार्यकर्ता श्याम श्रेष्ठ (पुरानो घर सिन्धुपाल्चोक, हाल बौद्ध निवासी) ले आठ वर्षअघि दिल्लीको मेदान्त अस्पतालमा प्रत्यारोपण गराएपछि उहाँको शरीरमा चारवटा किड्नी छन् । सिंगापुरमा मिर्गौला प्रत्यारोपणसम्बन्धी कानुनी जटिलता रहेको कारण त्यताको विकल्प अब टरेको बताइन्छ । प्रधानमन्त्रीले मिर्गौला प्रत्यारोपणका लागि कि बैंकक कि दिल्ली नै जानुपर्ने अवस्था छ ।
अगष्ट ३१ तारिख नेपाल आएका भारतीय विदेशमन्त्री एस. जयशंकरले ‘हजुरको उपचार पहिला भारतमा भएको, स्वास्थ्यसम्बन्धी विवरण पनि उतै भएका कारण सवै व्यवस्था मिलाउँछौं’ भनी प्रधानमन्त्रीको सन्देश सुनाएका थिए । अघिल्लो महिना नेपाल आएका चिनियाँ राष्ट्रपति सि चिनफिङले पनि यसबारे चासो राख्दै चीनमै उपचारका निम्ति स्वागत गर्न तयार रहेको बताएको स्रोतको दावी छ । तर सबै कुराको विचार गर्दा अमेरिका नै सर्वोत्कृष्ट विकल्प हुने ठानिएको छ ।
नेकपाको एकीकरणमा पोलिटव्यूरो गठनबाहेकका सबै काम सकिएको छ । यस्तो अवस्थामा सबै काम टुंग्याएर उपचारका निम्ति बाहिर जाने तयारी चल्नु अस्वाभाविक पनि होइन । यस निम्ति सरकार र पार्टीका कार्यभारको मात्रै ख्याल गर्नुपर्ने अवस्था छ । बामदेव गौतमलाई उपाध्यक्ष बनाएर अध्यक्ष प्रचण्ड र उहाँलाई पार्टी जिम्मा लगाउने र सरकारमा भरपर्दा मान्छेलाई कार्यवाहकको जिम्मेवारी दिने विकल्प अगाडि आएको छ । हालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई प्रधानमन्त्री कार्यालयको मन्त्री बनाएर प्रमुख सल्लाहकारको जिम्मेवारी दिने सम्भावना पनि उत्तिक्कै रहेको छ ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ