अब पोखरामा बग्गी राईड । एक हजार रुपैंयामै टकटक (भिडियो सहित)

अब पोखरामा बग्गी राईड । एक हजार रुपैंयामै टकटक (भिडियो सहित)

baggi

पर्यटकीय नगरी पोखरामा पर्यटक आकर्षित गर्न र बसाइ अवधि लम्ब्याउन एकपछि अर्को गतिविधि थपिँदैछन् । यतिबेला पोखराका व्यवसायीले पर्यटकलाई लक्षित गरी बग्गी राइड सञ्चालनमा ल्याएका छन् ।

अन्नपूर्ण सर्किटको पदयात्रापछि विश्रामका लागि पोखरामा रहनुभएका अष्ट्रेलियाका जस र उहााका चार जना साथीले लेकसाईडमा बग्गी राईडिङ गरिरहनुभएको छ ।

जस जस्तै बग्गीमा चढेर पोखराको दृश्यावलोकन गर्न पाउादा फरक अनुभूतिसागै पर्यटक हषिर्त भएका छन् । दुई महिना अघिदेखि बग्गी एन्ड हर्स राईडीङ प्रालीले संचालन गरेको बग्गीमा पााच जनासम्म यात्रा गर्न मिल्छ भने प्रतिव्यक्ति एक हजार रुपैयाा शुल्क तिर्नुपर्छ ।

विवाह तथा अन्य समारोहमा पनि बग्गीको माग हुन थालेको छ । एउटा विवाह तथा समारोहमा ६० देखि ८० हजार रुपैयाा भाडा लिने गरेको व्यवसायीहरु बताउाछन् । माग बढेपछि व्यवसायीहरुले बग्गी र घोडा थप गरी हर्स हाईकिङसागै बग्गीमा हनिमुन प्याकेजसम्मको योजना बनाएका छन् ।

कान्तिपुर टिभिका लागि पोखराबाट इन्द्र पौडेलेको क्यामरा सहयोगमा बसन्तराज अधिकारीको रिपोर्ट

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds