काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज (बुधबार) बस्दैछ । आज दिउँसो साढे १२ बजेपछि प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा सरकार पुर्नगठनलगायतका विषयमा छलफल हुने नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरु हेरफेर गर्न लागेका बताए लगत्तै बस्न लागेको बैठकमा सोही विषयमा मुख्यगरी छलफल हुने जनाइएको छ । स्रोतका अनुसार प्रधानमन्त्री ओलीले एक चरणको सूची तयार पारेका छन्। उनी ५ देखि १० जनासम्म मन्त्री फेर्ने तयारीमा छन्।
यस्तै बैठकमा पार्टी एकताका बाँकी काम पूरा गर्ने र समसामयिक राजनीतिक विषयमा पनि छलफल हुने जनाइएको छ । यस्तै बैठकमा सांगठनिक विषयसँगै स्थायी समितिको बैठक बोलाउने विषयमा पनि छलफल हुने जनाइएको छ । प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वमा २०७४ फागुन ३ मा सरकार गठन गरेका थिए। त्यसयता उनले २०७५ जेठमा तत्कालीन संघीय समाजवादी पार्टी ९हाल समाजवादी० का नेताहरूलाई सरकारमा सहभागी गराएका थिए। प्रधानमन्त्री ओलीले मंगलबार दिनभर बालुवाटारमा आकांक्षी मन्त्रीहरूसँग एकल तथा सामूहिक भेटघाट गरेका थिए।
सम्बन्धित खबर
वरिष्ठ कलाकार सुनिल थापाको निधन
प्रधानमन्त्री कार्कीसँग ओलीले भनेः बाह्य षड्यन्त्रलाई वैधानिकता दिने गरी सरकारले काम गर्नु हुँदैन
प्रधानमन्त्री कार्कीको प्रस्टोक्ति: ढुक्क हुनुस्, २१ फागुनको चुनाव एकै चरणमा हुन्छ
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, मृतकको सङ्ख्या १३ पुग्यो
जनताको साथ रहेसम्म एमालेलाई कसैले हराउन सक्दैन: ओली
रौतहटमा रास्वपा उम्मेदवार सवार गाडीको ठक्करबाट ४ वर्षीया बालिकाको मृत्यु, उम्मेदवार र चालक फरार
यो पनि पढौँ
चुनावी तालमेल गर्न प्रचण्ड माधवलाई ओलीको प्रस्ताव
बालस्वास्थ्य र बालअधिकारका नीति प्रतिबद्धता पत्रमा समेट्न दलहरुसमक्ष पेडियाट्रिक सोसाइटीको माग
बालेनलाई निर्वाचन आयोगले सोध्यो दोस्रोपटक स्पष्टीकरण
स्याङ्जामा अर्याल दम्पतीमाथि राति कुटपिट, पाँच युवक पक्राउ